गृहपृष्ठ ∕
नेपाल ∕
भारत र चीनसँगको सीमा समस्या समाधान गर्ने प्रक्रिया सरकारले थालेको छः प्रधानमन्त्री भारत र चीनसँगको सीमा समस्या समाधान गर्ने प्रक्रिया सरकारले थालेको छः प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत र चीनसँगको सीमा समस्या समाधान गर्ने प्रक्रिया सरकारले थालेको बताएका छन् । मंगलबारको प्रतिनिधि सभाको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आफूले यो कुरा राखेको बताए ।
‘सीमाको नक्सा संशोधनपछि नेपाल भारत सुगौली सन्धि १८१६ बमोजिम लिम्पियाधुरा, कालापानी र लिपुलेकलगायत महाकाली नदीपूर्वको भूभाग नेपालका हो भन्ने कुरामा स्पष्ट छौं,’ प्रधानमन्त्री प्रचण्डले भने ‘भारत भ्रमणको क्रममा १९५० को सन्धि, शान्ति तथा मन्त्री सन्धि गायत दुईपक्षीय सन्धिहरुलाई परिमार्जन र अध्यावधिक गर्न र सीमासम्बन्धी विषयलाई स्थापित कुटनीतिकहरुमार्फत् समाधान गर्ने समझदारी भइरहेको छ ।’
नेपालको अन्तराष्ट्रिय सीमाबारे सदन, सदस्य, सरकारसहित सबै स्पष्ट र दृढ रहेको उल्लेख गर्दै अभूतपूर्व राष्ट्रिय सहमति कायम भएको स्मरण गरे । उनले चीनसँगको कहिलेकाहिँ सीमाको विषयमा कुरा उठ्ने गरेकाले त्यस विषयमा पनि अध्ययन गरेर समस्या समाधान गर्नको दुईपक्षीय छलफल भएको बताए ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
बर्दिवास । ३०औँ राष्ट्रिय छन्द दिवसको अवसरमा शिशिर घिमिरे स्मृति प्रतिष्ठानले बहुभाषिक कविता वाचन, स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम
खोटाङ । दश स्थानीय तह रहेको जिल्लाका ९६ प्रतिशत घरपरिवार उपभोक्ताले विद्युत् उपभोग गरेको पाइएको छ । नेपाल विद्युत् प्राधिकरणले
म्याग्दी । धवलागिरि गाउँपालिका–३ मुनाका ७१ वर्षीय खड्कमान पुनको दैनिकी घुम्ती गोठमा बित्ने गरेको छ । परम्परागत रूपमा गाईपालन गर्दै
काठमाडौं । नेपाल शिक्षक महासंघले आन्दोलनलाई अन्तिम र निर्णायक बनाउन सबै शिक्षक तथा विद्यालय कर्मचारीलाई आन्दोलनमा जुट्न आग्रह गरेको छ
काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको
काभ्रे । सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर