गृहपृष्ठ ∕ नेपाल ∕ पूर्वी नवलपरासीमा गोहीको आक्रमणबाट एक जनाको मृत्युपूर्वी नवलपरासीमा गोहीको आक्रमणबाट एक जनाको मृत्यु नेपालीपत्र सोमबार, २०८१ असार १० गते, १५:३६ मा प्रकाशित नेपाल चितवन । पूर्वी नवलपरासीमा गोहीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।सोमबार बिहान मध्यविन्दु नगरपालिका वडा नम्बर २ स्थित नारायणी किनारमा गोहीले आक्रमण गर्दा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी वेद पौडेलले जानकारी दिए ।उनकाअनुसार मृतक सोही वडाका ७२ वर्षीय मानसिंह चौधरी छन् । चौधरी बिहान नुहाउन नदीमा गएका थिए । नदीमा रहेको गोहीले आक्रमण गर्दा चौधरीको मृत्यु भएको हो ।गोहीको आक्रमणले उनको मृत्यु भएपछि चितवन राष्ट्रिय निकुञ्जबाट टोली झिकाइएको थियो । उक्त टोलीले दुई घण्टापछि नियन्त्रणमा लिएको छ ।अहिले गोहीलाई नियन्त्रणमा लिएर चितवन निकुञ्ज लगिएको छ । #गोही #पूर्वी नवलपरासीग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार चन्द्रागिरि नगरपालिकाद्वारा ‘बहुप्राविधिक शिक्षालय’ सञ्चालनकाठमाडौं । चन्द्रागिरि नगरपालिकाले सामुदायिक विद्यालयमा ‘बहुप्राविधिक शिक्षालय’ सञ्चालन गर्न शुरुआत गरेको छ । ‘पढ्दै कमाउँदै’ अवधारणा एवं विद्यार्थीलाई माध्यामिक काठमाडौँबाट अपहरणमा परेका एक जना चिनियाँ नागरिकको उद्धार, चार जना…काठमाडाैँ । काठमाडाैँकाे ठमेलबाट अपहरणमा परेका एक जना चिनियाँ नागरिकलाई प्रहरीले उद्धार गरेको छ । चिनियाँ नागरिकलाई अपहरण गरी लैजाँदै बिरामीको रेफरमा अस्पताललाई जिम्मेवार बनाउने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा…काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आकस्मिक तथा भर्ना भएका बिरामी रेफर गर्दा पहिलो स्वास्थ्य संस्थालाई जिम्मेवार बनाउने गरी बिरामी रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाउन आदेशकाठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा.) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई काठमाडौं जिल्ला अदालतले प्रहरीको जिम्मा लगाउन आदेश अध्यादेश मार्फत कानुन बनाउनु गलत: कांग्रेस नेता साउदरुपन्देही । नेपाली कांग्रेसका नेता एनपी साउदले दुईतिहाइ बहुमतको सरकारले अध्यादेशमार्फत कानुन बनाउनु सकारात्मक नभएको बताएका छन् । आज रुपन्देहीको शीतलहरले जनजीवन प्रभावितजलेश्वर । विगत पाँच दिन देखि अविरल रुपमा चिसो स्याँठ चल्नुका साथै शीतलहरले महोत्तरी सहित तराई मधेसमा जनजीवन प्रभावित भएकोधेरै पढिएका खबर १ अमेरिकामा लागेको डढेलोका कारण ५ जनाको मृत्यु २ अस्ट्रेलिया जान कस्तो छ अहिलेको अवस्था ? ३ ऐतिहासिक घरपझोङ किल्ला भग्नावशेषमा परिणत ४ काठेखोलामा ५ करोड ४० लाखको सुन्तला उत्पादन ५ साफ च्याम्पियनशिप २०२५ होम वा अवे फर्म्याटमा हुने ६ कर्णालीका दुग्ध उत्पादक किसानले प्रोत्साहन ७ पार्टी पदाधिकारीको सम्पत्ति छानबिन गर्न आयोग गठन गर्नुपर्ने शर्माको प्रस्तावThe Film Nepal