गृहपृष्ठ ∕ नेपाल ∕ तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक राष्ट्रिय सभामा दर्तातिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक राष्ट्रिय सभामा दर्ता नेपालीपत्र सोमबार, २०८१ असार १० गते, १५:२६ मा प्रकाशित नेपाल काठमाडौँ । तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक राष्ट्रिय सभामा दर्ता भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले आज यो विधेयक राष्ट्रिय सभामा दर्ता गराएकी हुन् ।नेपालमा उच्च शिक्षामा चिकित्सा शिक्षातर्फ नेत्र (आँखा) स्वास्थ्यको विधामा गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि विधेयक ल्याइएको उल्लेख छ । आँखा स्वास्थ्य विधातर्फ उच्च शिक्षा प्रदान गर्नका लागि विश्वविद्यालय स्थापना गर्ने विधेयकको उद्देश्य छ ।काठमाडौँको तिलगङ्गामा रहेको तिलगङ्गा आँखा उपचार केन्द्रले आँखाको सबैथरी उपचारसँगै लेन्स उत्पादन गर्दै आएको छ । उत्पादित लेन्स विश्वभर नै बिक्री हुँदै आएको छ ।डा. सन्दुक रुइतसहितको अगुवाइमा खुलेको यो आँखा अस्पतालले विश्वविद्यालय सञ्चालनको माग राख्दै आएको थियो । गएको जेठ ३ गते बसेको मन्त्रिपरिषद् बैठकले यो विधेयक संसदमा पेश गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई स्वीकृति दिने निर्णय गरेको थियो । #तिलगङ्गा नेत्र विश्वविद्यालयग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार तनहुँको बेलभन्ज्याङमा मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्युतनहुँ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ बेलभन्ज्याङमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दमौली बाट डुम्रे विश्वविद्यालयमा तालाबन्दी र हडताल नगर्न शिक्षा मन्त्रालयको आग्रहकाठमाडाैँ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विश्वविद्यालयहरूमा तालाबन्दी, बन्द र हडताल नगर्न आग्रह गरेको छ । मन्त्रालयले विज्ञप्ति निकालेर चन्द्रागिरि नगरपालिकाद्वारा ‘बहुप्राविधिक शिक्षालय’ सञ्चालनकाठमाडौं । चन्द्रागिरि नगरपालिकाले सामुदायिक विद्यालयमा ‘बहुप्राविधिक शिक्षालय’ सञ्चालन गर्न शुरुआत गरेको छ । ‘पढ्दै कमाउँदै’ अवधारणा एवं विद्यार्थीलाई माध्यामिक काठमाडौँबाट अपहरणमा परेका एक जना चिनियाँ नागरिकको उद्धार, चार जना…काठमाडाैँ । काठमाडाैँकाे ठमेलबाट अपहरणमा परेका एक जना चिनियाँ नागरिकलाई प्रहरीले उद्धार गरेको छ । चिनियाँ नागरिकलाई अपहरण गरी लैजाँदै बिरामीको रेफरमा अस्पताललाई जिम्मेवार बनाउने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा…काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आकस्मिक तथा भर्ना भएका बिरामी रेफर गर्दा पहिलो स्वास्थ्य संस्थालाई जिम्मेवार बनाउने गरी बिरामी रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाउन आदेशकाठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा.) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई काठमाडौं जिल्ला अदालतले प्रहरीको जिम्मा लगाउन आदेशधेरै पढिएका खबर १ कर्णालीका दुग्ध उत्पादक किसानले प्रोत्साहन २ सुनको मूल्य तोलमा २ हजारले बढ्यो ३ दक्षिण कोरियाका निलम्बित राष्ट्रपति पक्राउ ४ काठमाडौँबाट अपहरणमा परेका एक जना चिनियाँ नागरिकको उद्धार, चार जना भारतीय पक्राउ ५ चन्द्रागिरि नगरपालिकाद्वारा ‘बहुप्राविधिक शिक्षालय’ सञ्चालन ६ अस्ट्रेलिया जान कस्तो छ अहिलेको अवस्था ? ७ जनशक्ति अभावले आधुनिक अल्लो उद्योग बन्दThe Film Nepal