Techie IT
२०८१ फागुन ५, सोमबार
NepaliPatra logo
गृहपृष्ठनेपालपर्वतमा निर्माणाधीन मोटरेबल पुल बाढीले बगायो

पर्वतमा निर्माणाधीन मोटरेबल पुल बाढीले बगायो


पर्वत । उत्तर—दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको पर्वत खण्डमा निर्माणाधीन मोटरेबल पुल बुधबार राती आएको बाढीले बगाएको छ ।

पर्वतको फलेवास नगरपालिका– ६ देवीस्थान र फलेवास नगरपालिका– १० कुर्घाबिचमा रहेको लमाए खोलामा निर्माणाधीन पुल गएराती आएको बाढीले बगाएको हो ।

दुवैतर्फको संरचना निर्माण सकिएर स्लाब ढलानको तयारीमा रहेको पुलका सवै निर्माण सामाग्रीहरु बाढीले बगाएको कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पाले जनाएको छ । उक्त पुलको स्लाब भोली शुक्रवार ढलान गर्ने तयारी गरिएको थियो ।

बाढीले निर्माण स्थलमा रहेको सयौ बोरा सिमेन्ट, बालुवा, रड, फर्मा, पाइप र अन्य टेवा सामाग्रीहरु पुरै बगाएको निर्माण कम्पनी नयाँवाटो गौचन जेभीका प्रतिनिधि दिनेश थापा मगरले जानकारी दिए । मगरले झण्डै डेढ करोड रुपैया बराबरको क्षति पु¥याएको बताए ।

‘शुक्रवार ढलान गर्नका लागि सवै तयारी भएको थियो, गएराती आाएको बाढीले सवै संरचना बगाएर क्षति भयो, आजदेखि काम रोकिएको छ ।’ मगरले भने ।

यो पुल दुई वर्षमा सम्पन्न हुनेगरी वि.सं. २०७४ असार २८ गते सम्झौता भइ वि.सं. २०७५ पुस १९ गतेदेखि निर्माणकार्य शुरु भएको थियो । तर अहिलेसम्म जम्मा ६० प्रतिशत मात्र काम सम्पन्न भएको छ । विंसं. २०७६ साल असार मसान्तभित्र सम्पन्न हुनुपर्ने पुल गलत डिजाइन र निर्माण व्यवसायीको लापरवाहीका कारण अझैपनि पुरा हुन नसकेको हो ।

पाँच करोड ८९ लाख ८९ हजार दुई सय ७७ रुपैयाको लागतमा बन्ने पुल निर्माणको जिम्मा नयाँबाटो गौचन जेभी निर्माण कम्पनीले पाएको थियो । तर उक्त कम्पनीले सहायक ठेकेदार दिपज्योती निर्माण सेवालाई जिम्मा लगाएको थियो । २५ मिटर लामो र ११ मिटर चौडाइको पुल निर्माण सम्पन्न नहँुदा कालीगण्डकी लोकमार्गमा सिधा यातायात सञ्चालन हुन सकेको छैन ।

यो पुल निर्माणका लागि चौथोपटक थप गरिएको म्याद आगामी असोज मसान्तसम्म रहेको छ । कालीगण्डकी लोकमार्ग आयोजना कार्यालयका इन्जिनियर सुरेन्द्र गौतमले आजभन्दा १५ दिन अगावै ढलान गर्नुपर्नेमा ढिलाइ गरेकाले निर्माण व्यावसायीले क्षति व्यहोर्नुपरेको बताए ।

गौतमका अनुसार कार्यालयको टोलीले अनुगमन गरेपछि वास्तविक क्षतिको आंकलन गर्न सकिने बताउनुभयो । अहिले ढलान गरेको भए निर्धारित समयमै पुल सकिने थियो, अब वर्षायाममा खोला बढेपछि काम हुन नसक्ने भएकाले केही समय थप गरेर भएपनि पुल सम्पन्न गर्नुपर्ने अवस्था आएको उनले बताए ।

इन्जिनियर गौतमले ठेकेदारलाई एक-दुई महिनाको जरिबाना गराएर भएपनि आगामी मंसिरभित्र पुल सम्पन्न गरिने दावी गर्नुभयो । गौतमका अनुसार हालसम्म पुलको दुवैतर्फका पिल्लरको काम सकिएको छ भने स्लाब ढलानको तयारीमा रहेको थियो । वर्षायाम शुरुवात नहुँदै स्लाब ढलान गरिएको भएमा वर्षायाम अगावै सवारीसाधन वारपार गर्न सक्ने थिए ।

करिडोरअन्तर्गत स्याङजाको मिर्मिदेखि पर्वतको अर्मादीसम्म सडकको ट्रयाक खुलिसकेको छ भने पर्वतको सेतीवेणीदेखि लमाए खोलासम्मको सडक कालोपत्रे समेत भइसकेको छ । लमाए खोलामा पुल निर्माण सम्पन्न नहुँदा करिडोरमा सिधा यातायात सञ्चालन हुन नसकेको हो ।

मुख्य ठेकेदार कम्पनीले पुल बनाउन पेटी ठेकेदारलाई जिम्मा दिएको थियो । कालीगण्डकी करिडोर आयोजनाका इन्जिनियरले शुरुमा डिजाइन गरेको पुल खोलाको दुवैतर्फको किनारमा ढुंगा माथिबाट बनाइने जानकारी दिइएको थियो । डिजाइनकै क्रममा स्थानीयले विरोध गरेपनि इन्जिनियरहरूले गलत डिजाइनलाई नै निरन्तरता दिँदै ठेक्का खुलाएका थिए । ०७४ को अन्त्यतिर गरिएको प्रतिस्पर्धामा छानिएको नयाँ बाटो गौचन जेभीले दुई वर्षभित्रै पुल सम्पन्न गर्ने जानकारी दिएको थियो ।

वि.सं. २०७५ पुसमा काम शुरु गरेका व्यावसायीले वि.सं.२०७६ जेठमा पुल निर्माण सकेर आयोजना हस्तान्तरण गर्ने तयारी थियो । दुवैतर्फका पिलर उठाएर स्ल्याब ढलान गर्ने समयमा पुनः आयोजना कार्यालयले पुलको निर्माण रोक्न भनेको थियो । त्यही बेलादेखि अलपत्र छाडिएको पुल गत मंसिरदेखि काम शुरु भएको थियो । यो पुलसँगै शुरु भएको मोदीखोलाको पुल दुई वर्ष अघिनै सम्पन्न भएको थियो । पुल निर्माणमा ढिलाई भएपछि यस क्षेत्रका सांसद, नगरप्रमुख लगायत स्थानीयवासीले दबाब दिँदै आएका थिए ।

कालीगण्डकी करिडोरको फलेवास–अर्मादी १४ किलोमिटर खण्ड कालोपत्रे भएमा पर्वतको ५५ किलोमिटर सडक पुरा हुने आयोजनाले जनाएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

ट्राफिक प्रहरीद्वारा सवारी जाँचमा कडाइ

बागमती । सवारी दुर्घटना न्यूनीकरण गर्न बागमती प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले चालु आर्थिक २०८१/८२ को सात महिनाको

खाना पकाउने ग्यासबाट सल्किएको आगोले हलेसीका तीन घरमा क्षति

खोटाङ । यहाँको त्रिधार्मिकस्थल हलेसी बजारमा आइतबार साँझ भएको आगलागी करिब चार घण्टा पछि निभाइएको छ । हलेसी तुवाचुङ नगरपालिका–७

पाल्पाको रम्भामा सामुदायिक घरवास सञ्चालन

पाल्पा । पाल्पाको रम्भा गाउँपालिकामा सामुदायिक घरवास सञ्चालनमा आएको छ । यहाँको वडा नं २ फोक्सिङकोटमा पहिलो पटक रानीवास सामुदायिक

अर्थमन्त्री पौडेल र पोखराका मेयर आचार्यको बर्न अस्पतालमा उपचार, दुबैजना…

काठमाडौं । पोखरा भ्रमण वर्ष उद्घाटन गर्ने क्रममा बेलुन फुट्दा जलेर घाइते भएका अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिका प्रमुख

पहिचानको पर्खाइमा ‘धान्द्रुके बाजे’

बाग्लुङ । बाग्लुङको भकुण्डेमा बाँसबाट सामग्री बनाउँदै आएका एक वृद्धको जीवनको उत्तरार्द्धमा पुग्दा पहिचानविहीन हुनुभएको छ । बाग्लुङ नगरपालिका–१० भकुण्डेमा

मुग्लिन सडकखण्डको सेतीदोभान पुल बाट बस खस्दा २३ जना घाइते

भरतपुर । नेपालगञ्ज बाट काठमाडौं जाँदै गरेको लु प्र ०३–००१ ख ००७७ नम्बरको बस आज (आइतबार) बिहान ४ः३० बजे नारायणगढ–मुग्लिन

Techie IT