Techie IT
२०८२ वैशाख ७, आईतबार
NepaliPatra logo
गृहपृष्ठनेपालपाटन हत्या प्रकरणमा चारजना पक्राउ

पाटन हत्या प्रकरणमा चारजना पक्राउ


बैतडी । बैतडीको पाटन नगरपालिका– ६ का ४५ वर्षीय विरभान विष्टको हत्यामा संलग्न रहेको भन्दै पाँचजनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ ।

विरभानको हत्यामा संलग्न रहेका पाँच जनाको नाममा आफन्तले किटानी जाहेरी दिएपछि मंगलबार जिल्ला अदालतमा मुद्दा दर्ता भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी वरिष्ठ नायव निरीक्षक भुपाल थापाले जानकारी दिए । मुद्दा दर्ता भएकामध्ये ४ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ भने एकजना अझै फरार रहेका छन् ।

पाटन नगरपालिका– ६ की ३६ वर्षीया भागरथी विष्ट, पाटन नगरपालिका– १ का राजेन्द्र भट्टराई र किशोर भट्टराईलाई प्रहरीले सोमबार पक्राउ गरेको थियो । यस्तै मंगलबार पाटन नगरपालिका– ६ कै भरतमोहन विष्टलाई पनि नियन्त्रणमा लिइएको छ ।

मुद्दा दर्ता भएकामध्ये एकजना अझै फरार रहेको र उनको नाम प्रहरीले सार्वजनिक गरेको छैन । पक्राउ परेका चारैजनामाथि प्रहरीले अदालतबाट ५ दिनको म्याद थपेर अनुसन्धान भइरहेको जनाएको छ ।

असार १ गते शनिबार रातिबाट हराएका बिष्टको शव सोमबार दिउँसो पाटन नगरपालिका– ६ स्थित घाङल खोलामा फेला परेको थियो । भागरथीले विरभानको हत्या गरेको स्वीकार गरिसकेकी छन् । उनले काठको चिरपटले हानेर बिरभानको हत्या गरेको प्रहरी समक्ष बयान दिएकी छन् ।

घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा मृतक बिष्ट र अन्य व्यक्तिहरु भागरथीको घरमा आउजाउ गर्ने गरेको बुझिएको प्रहरीले जनाएको छ । भागरथी सहस्त्रलिंग आधारभूत विद्यालयकी शिक्षिका हुन् भने मृतक ट्रक चालक हुन् ।

असार १ गते राति नै विरभानको हत्या भएको र हत्या भएको २४ घण्टापछि मात्रै शवलाई खोलामा फालिएको प्रहरीले जनाएको छ । हत्या गरेको २४ घण्टासम्म मृतक बिष्टको शव भागरथीकै घरमा राखिएको र त्यसपछि पक्राउ परेका अन्य व्यक्तिहरुको सहयोगमा शव खोलामा फालिएको प्रहरीले जनाएको छ ।

हत्याको कारण पूर्ण रूपमा खुलिनसकेको भएपनि रातिको समयमा घरमा आएर अपशब्दहरू प्रयोग गरेपछि सहन नसकेर चिरपटले हानेर हत्या गरेको भागरथीको बयान रहेको प्रहरीले जनाएको छ ।

मृतकको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चैत्र महिनामा ११ सङ्घीय अस्पतालमा सेवा थप तथा विस्तार

काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको

सर्वोच्चद्वारा पाँचखालका इँटा उद्योग बन्द गर्न आदेश

काभ्रे । सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर

मालढुङ्गा–बेनी सडक धमाधम स्तरोन्नति हुँदै

म्याग्दी । “तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर धमाधम कालोपत्र र ढलान गरिँदैछ । मालढुङ्गा–बेनी सडक स्तरोन्नति

सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकियो

काठमाडौं । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकिएको छ । सगरमाथा प्रदूषण नियन्त्रण

डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु, ७ जना घाइते

डोटी । डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको

काठमाडौं उपत्यकामा वर्षा

काठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी

Techie IT