Techie IT
२०८२ वैशाख ६, शनिबार
NepaliPatra logo
गृहपृष्ठनेपाल‘भ्रष्टाचारविराेधी अभियन्ता हाैँ’ भन्दै धम्काएर रकम असुल्ने ४ जना पक्राउ

‘भ्रष्टाचारविराेधी अभियन्ता हाैँ’ भन्दै धम्काएर रकम असुल्ने ४ जना पक्राउ


काठमाडाैँ । आफूलाई भ्रष्टाचारविरोधी अभियन्ता बताउँदै धम्काएर रकम असुल्ने चार जना काठमाडाैँबाट पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडाैँको टोलीले गोकर्णेश्वर बस्ने राजु सुनार, आदर्श क्षेत्री, अस्मिता खत्री र प्रेमप्रसाद श्रेष्ठलाई पक्राउ गरेको हो । उनीहरूले ‘बेथिति एवम् भ्रष्टाचारविरुद्धको अभियान २०८०’ नामक संस्था खोलेर त्यसको शाखा गोकर्णेश्वर नगरपालिकाका वडामा समेत विस्तार गरेका थिए ।

सरकारी कार्यालय, पालिका, विद्यालय, सङ्घ–संस्था, कम्पनी, टोल सुधार संस्थालगायतमा गएर ‘तिमीहरूको विरुद्धमा भ्रष्टाचार र घुसखोरीको उजुरी परेको छ, हामीले अनुसन्धान गर्ने हो’ भन्दै रकम असुली माग्ने गरेको प्रहरीले जनाएको छ । आफूहरूले भनेअनुसारको रकम नदिएमा छानबिन गरेर मुद्दा हालिदिने धम्की पनि उनीहरूले दिँदै आएका थिए ।

यस्तै विभिन्न व्यक्तिको भिडियो खिचेर सामाजिक सञ्जालमा पोस्ट गर्दै हैरानी दिने कामसमेत गरेकाले चार जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चैत्र महिनामा ११ सङ्घीय अस्पतालमा सेवा थप तथा विस्तार

काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको

सर्वोच्चद्वारा पाँचखालका इँटा उद्योग बन्द गर्न आदेश

काभ्रे । सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर

मालढुङ्गा–बेनी सडक धमाधम स्तरोन्नति हुँदै

म्याग्दी । “तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर धमाधम कालोपत्र र ढलान गरिँदैछ । मालढुङ्गा–बेनी सडक स्तरोन्नति

सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकियो

काठमाडौं । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकिएको छ । सगरमाथा प्रदूषण नियन्त्रण

डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु, ७ जना घाइते

डोटी । डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको

काठमाडौं उपत्यकामा वर्षा

काठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी

Techie IT