Techie IT
२०८२ वैशाख १२, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालबंगलादेश र भुटानका विमान कम्पनीले पोखरा उडानको अनुमति मागे

बंगलादेश र भुटानका विमान कम्पनीले पोखरा उडानको अनुमति मागे


काठमाडौँ । बंगलादेश र भुटानका वायुसेवा कम्पनीले पोखरामा सिधा उडानको प्रस्ताव गरेका छन् । अन्तर्राष्ट्रिय उडान हुन नसकेको नवनिर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा २ एयरलाइन्स एयर अस्त्र र ड्रुक एयरले सरकारसँग प्रस्ताव गरेका हुन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयकी सहसचिव इन्दु घिमिरेले अनौपचारिक प्रस्ताव आएको बताइन् । ‘नेपालमा भएका जीएसए र कम्पनीका प्रतिनिधिले अनौपचारिक प्रस्ताव पठाएका छन्’, हवाइ उडान महाशाखाकी प्रमुख समेत रहेकी घिमिरेले भनिन्, ‘पोखरा विमानस्थलमा उडान गर्न उहाँहरु इच्छुक हुनुहुन्छ ।’

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको डेढ वर्ष पूरा हुँदा एउटा पनि नियमित उडान हुनसकेको छैन । चिनियाँ सहुलियतपूर्ण ऋण सहयोगमा बनेको विमानस्थल सञ्चालन गर्न नसकेकोमा सरकारको आलोचना भइरहेको छ ।

बंगलादेश र भुटानबाट पोखरा नियमित उडान भएमा अन्य देशका एयरलाइन्सहरूबाट पनि प्रस्ताव आउनसक्ने देखिएको छ । यसरी पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालमा आएमा सरकारले भारतसँग पनि प्रवेश मार्ग र उडान अनुमतिका लागि थप छलफल गर्न सक्ने उड्डयन क्षेत्रका अधिकारीहरू बताउँछन् ।

पोखरामा ठूला जहाज उडानमा प्राविधिक समस्या हुनसक्ने भए पनि एयरबस ३१९ जहाज नियमित उडानमा समस्या छैन । भुटान, चीनबाट चार्टर्ड उडान भइसकेका छन् । नियमित उडानको लागि २ प्रस्ताव आए पनि सरकारले निर्णय गरिसकेको छैन ।

‘पोखरा उडानको लागि बंगलादेश र भुटानको एयरलाइन्सले चासो राखेका छन्’, उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भने, ‘उनीहरुको प्रस्ताव संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र अर्थ मन्त्रालयमा विचाराधीन छ ।’

नेपालमा भुटान र बंगलादेशबाट नियमित उडान भइरहेका छन् । विमान बंगलादेश र नेपालकै हिमालय एयरलाइन्सले बंगलादेशमा नियमित उडान गर्दै आएका छन् । त्रिभुवन विमानस्थलबाट उक्त उडान हुँदै आएको छ ।

अहिले बंगलादेशको निजी वायुसेवा कम्पनी एयर अस्त्रले नेपालको पोखरामा उडानको प्रस्ताव गरेको हो । कम्पनीले बंगलादेशमा एटीआर जहाजमार्फत उडान गर्दै आएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बङ्गुर पालेर स्वरोजगार र आत्मनिर्भर

म्याग्दी । बङ्गुरपालन गरेका म्याग्दीका एक युवाले निरन्तर मेहनत गर्ने हो भने देशमै स्वरोजगार र आत्मनिर्भर बन्न सकिने सन्देश दिएका

भूकम्पको दशक: भत्किएका संरचना अझै अधुरा

काठमाडौं । विसं २०७२ को विनाशकारी भूकम्पका कारण हरेक वर्षको वैशाख १२ गतेले नेपालीलाई झस्काइरहन्छ । त्यो कम्पनले लाखौँ सपनाहरू

श्रीमतीको हत्या गरी फरार भएका श्रीमान पक्राउ

काठमाडौं। काठमाडौंको शंखरापुर नगरपालिका–९ सानागाउँमा श्रीमती र छोरा–छोरीमाथि खुकुरी प्रहार गरेर फरार भएका पदमबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल र भारतबीच ऊर्जा विकासका सम्झौतामा हस्ताक्षर

काठमाडौं । नेपाल र भारतबीच विद्युत् आदानप्रदानका लागि अत्यावश्यक रहँदै आएका दुई प्रसारण लाइन निर्माण गर्न संयुक्त कम्पनी स्थापनाका लागि

९ महिनामा ६ लाख ७ हजारभन्दा धेरै युवा कामको लागि…

काठमाडाैँ । चालु आर्थिक वर्षको ९ महिना काम खोज्दै ६ लाख ७ हजारभन्दा धेरै युवा विदेशिएका छन् । वैदेशिक रोजगार

शिशिर स्मृति सम्मान डा. सुमन कर्माचार्यलाई

बर्दिवास । ३०औँ राष्ट्रिय छन्द दिवसको अवसरमा शिशिर घिमिरे स्मृति प्रतिष्ठानले बहुभाषिक कविता वाचन, स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम

Techie IT