Techie IT
२०८२ वैशाख १५, सोमबार
NepaliPatra logo
गृहपृष्ठअर्थबंगलादेशले नेपालको ४० मेगावाट बिजुली किन्ने क्याबिनेट समितिबाट स्वीकृत

बंगलादेशले नेपालको ४० मेगावाट बिजुली किन्ने क्याबिनेट समितिबाट स्वीकृत


काठमाडौँ । बंगलादेशले नेपालको बिजुली किन्ने निश्चित भएको छ । बंगलादेश सरकारको मन्त्रिपरिषद् (क्याबिनेट) मातहत सार्वजनिक खरिदसम्बन्धी समितिले मंगलबार नेपालबाट ४० मेगावाट बिजुली प्रतियुनिट ८.१७ टाका ९९.२७ रुपैयाँमा किन्ने गरी निर्णय गरेको हो ।

बंगलादेशले पाँच वर्षे सम्झौता गरी नेपालबाट बंगलादेश बिजुली लैजान चाहेको छ । नेपालबाट भारत हुँदै बंगलादेश बिजुली निर्यात हुनेछ । नेपालबाट भारतीय भूमि हुँदै बिजुली लैजाँदा भारतलाई शुल्क तिर्नुपर्ने हुन्छ ।

यस्तो शुल्क ०.०५९५ रुपैयाँ हुने बंगलादेशी सञ्चारमाध्यम ‘द डेली स्टार’ ले लेखेको छ । बंगलादेशले भारतीय कम्पनीहरूबाट किन्दै आएको भन्दा नेपालबाट सस्तो मूल्यमा बिजुली पाउने समेत समाचारमा उल्लेख छ ।

बंगलादेशले नेपालबाट ५ सय मेगावाट विजुली किन्न चाहेको छ । नेपाल भारत ढल्केबर–मुजफ्फरपुर क्रस बोर्डर ट्रान्समिसन लाइन र भारत–बंगलादेश–बरामपुर–भेरमारा क्रस बोर्डर ट्रान्समिसन लाइन हुँदै नेपालको बिजुली बंगलादेश जाने छ ।

अब नेपाल, भारत र बंगलादेशका नियामकीय निकायबीच त्रिपक्षीय सम्झौता गरी बिजुली निर्यात सुरु हुने बताइएको छ । सम्झौताको मिति भने अझै तय भएको छैन ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

विद्युत् आपूर्तिमा समस्या छैन, लोडसेडिङ पनि हुँदैन : प्राधिकरण

काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरणले विद्युत आपूर्तिमा कुनै समस्या नरहेको र लोडसेडिङ पनि नहुने स्पष्ट पारेको छ । प्राधिकरणले विज्ञप्ति

तरबूजा खेती गरेरै जीविका चलाउँछिन् बन्धु चौधरी

कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका बन्धु चौधरीले स्याली नदी बगरमा उत्पादित तरबूजा बिक्री गरेरै जीविका चलाउँदै आएकी छिन् ।

अभिभावकको दबाबले खुल्न थाले इलामका सामुदायिक विद्यालय

इलाम । शिक्षकहरुको आन्दोलनका कारण बन्द भएका यहाँका सामुदायिक विद्यालय अभिभावकको दबाबपछि खुल्न थालेका छन् । अभिभावकले विद्यार्थीको भविष्य अन्धकार

बङ्गुर पालेर स्वरोजगार र आत्मनिर्भर

म्याग्दी । बङ्गुरपालन गरेका म्याग्दीका एक युवाले निरन्तर मेहनत गर्ने हो भने देशमै स्वरोजगार र आत्मनिर्भर बन्न सकिने सन्देश दिएका

भूकम्पको दशक: भत्किएका संरचना अझै अधुरा

काठमाडौं । विसं २०७२ को विनाशकारी भूकम्पका कारण हरेक वर्षको वैशाख १२ गतेले नेपालीलाई झस्काइरहन्छ । त्यो कम्पनले लाखौँ सपनाहरू

बर्खायामको इन्धन ‘गुइँठा’ को जोहो हिउँदमै

महोत्तरी । महोत्तरीका ग्रामीण क्षेत्रमा खाना पकाउने इन्धनका लागि ‘गुइँठा’ को जोहो गर्न थालिएको छ । जिल्लाका बजार र सहरी

Techie IT