Techie IT
२०८२ वैशाख १५, सोमबार
NepaliPatra logo
गृहपृष्ठनेपालजलवायु परिवर्तनको असर रोक्न वन क्षेत्रको दिगो व्यवस्थापन आवश्यक: उपराष्ट्रपति यादव

जलवायु परिवर्तनको असर रोक्न वन क्षेत्रको दिगो व्यवस्थापन आवश्यक: उपराष्ट्रपति यादव


काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि वन क्षेत्रको दिगो व्यवस्थापन जरूरी रहेको बताएका छन् ।

सोमबार काठमाडौँमा पारिवारिक निजी वन संघ, नेपालको तेस्रो राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै उपराष्ट्रपति यादवले जलवायु परिवर्तनका कारण हुनसक्ने प्राकृतिक प्रकोपलाई न्यूनीकरण गर्न वन क्षेत्रको दिगो व्यवस्थापन जरूरी रहेको बताएका हुन् ।

जैविक विविधताका क्षेत्र वरपर बढ्दो अव्यवस्थित सहरीकरण, जनताको पूर्वाधार विकासप्रतिको तीव्र चाहनाका कारण निम्तिन सक्ने चुनौतीप्रति गम्भीर हुनुपर्ने उनले बताए । उपराष्ट्रपति यादवले वन पैदावरको सहज आपूर्तिको व्यवस्था गर्नसके देशको आर्थिक समृद्धि र विकासमा टेवा पुग्न सक्ने भएकाले निजी वनको दिगो व्यवस्थापन आवश्यक रहेको बताए ।

उनले वनको दिगो विकासका चुनौतीहरूलाई अवसरका रूपमा परिणत गर्नका लागि सबै निकायबीचको सहकार्य आवश्यक रहेको बताए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बङ्गुर पालेर स्वरोजगार र आत्मनिर्भर

म्याग्दी । बङ्गुरपालन गरेका म्याग्दीका एक युवाले निरन्तर मेहनत गर्ने हो भने देशमै स्वरोजगार र आत्मनिर्भर बन्न सकिने सन्देश दिएका

भूकम्पको दशक: भत्किएका संरचना अझै अधुरा

काठमाडौं । विसं २०७२ को विनाशकारी भूकम्पका कारण हरेक वर्षको वैशाख १२ गतेले नेपालीलाई झस्काइरहन्छ । त्यो कम्पनले लाखौँ सपनाहरू

श्रीमतीको हत्या गरी फरार भएका श्रीमान पक्राउ

काठमाडौं। काठमाडौंको शंखरापुर नगरपालिका–९ सानागाउँमा श्रीमती र छोरा–छोरीमाथि खुकुरी प्रहार गरेर फरार भएका पदमबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल र भारतबीच ऊर्जा विकासका सम्झौतामा हस्ताक्षर

काठमाडौं । नेपाल र भारतबीच विद्युत् आदानप्रदानका लागि अत्यावश्यक रहँदै आएका दुई प्रसारण लाइन निर्माण गर्न संयुक्त कम्पनी स्थापनाका लागि

९ महिनामा ६ लाख ७ हजारभन्दा धेरै युवा कामको लागि…

काठमाडाैँ । चालु आर्थिक वर्षको ९ महिना काम खोज्दै ६ लाख ७ हजारभन्दा धेरै युवा विदेशिएका छन् । वैदेशिक रोजगार

शिशिर स्मृति सम्मान डा. सुमन कर्माचार्यलाई

बर्दिवास । ३०औँ राष्ट्रिय छन्द दिवसको अवसरमा शिशिर घिमिरे स्मृति प्रतिष्ठानले बहुभाषिक कविता वाचन, स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम

Techie IT