Techie IT
२०८२ वैशाख १४, आईतबार
NepaliPatra logo
गृहपृष्ठनेपालवृद्धको हत्या गरी फरार रहेको आरोपमा काठमाडौँबाट आरोपी पक्राउ

वृद्धको हत्या गरी फरार रहेको आरोपमा काठमाडौँबाट आरोपी पक्राउ


काठमाडौँ । दोलखामा एक जना वृद्धको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

भिमेश्वर नगरपालिका वडा नम्बर १ सुष्पाक्षमावतीस्थित आफ्नै घर नजिकैको मसैबारीमा एक वृद्ध मृत फेला परेको घटनामा आरोपीलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको हो ।

७७ वर्षीय झिलकबहादुर विश्वकर्मा आइतबार बिहान पौने ५ बजे मृत फेला परेका थिए । उनको मृत्यु शंकास्पद भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

झिलकबहादुरको हत्या आरोपमा प्रहरीले काठमाडौँ महानगरपालिका वडा नम्बर ५ हाँडीगाउँबाट ५० वर्षीय गणेश घिमिरेलाई पक्राउ गरेको हो ।

उनी भिमेश्वर नगरपालिका वडा नम्बर १ का स्थानीय हुन् । जिल्ला प्रहरी कार्यालय चरिकोटले उनी फरार रहेको भन्दै प्रहरी वृत्त मालिगाउँलाई पत्र पठाएको थियो ।

त्यसपछि बुधबार पक्राउ गरी उनलाई हाडीगाउँस्थित एक घरबाट पक्राउ गरेको हो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बङ्गुर पालेर स्वरोजगार र आत्मनिर्भर

म्याग्दी । बङ्गुरपालन गरेका म्याग्दीका एक युवाले निरन्तर मेहनत गर्ने हो भने देशमै स्वरोजगार र आत्मनिर्भर बन्न सकिने सन्देश दिएका

भूकम्पको दशक: भत्किएका संरचना अझै अधुरा

काठमाडौं । विसं २०७२ को विनाशकारी भूकम्पका कारण हरेक वर्षको वैशाख १२ गतेले नेपालीलाई झस्काइरहन्छ । त्यो कम्पनले लाखौँ सपनाहरू

श्रीमतीको हत्या गरी फरार भएका श्रीमान पक्राउ

काठमाडौं। काठमाडौंको शंखरापुर नगरपालिका–९ सानागाउँमा श्रीमती र छोरा–छोरीमाथि खुकुरी प्रहार गरेर फरार भएका पदमबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल र भारतबीच ऊर्जा विकासका सम्झौतामा हस्ताक्षर

काठमाडौं । नेपाल र भारतबीच विद्युत् आदानप्रदानका लागि अत्यावश्यक रहँदै आएका दुई प्रसारण लाइन निर्माण गर्न संयुक्त कम्पनी स्थापनाका लागि

९ महिनामा ६ लाख ७ हजारभन्दा धेरै युवा कामको लागि…

काठमाडाैँ । चालु आर्थिक वर्षको ९ महिना काम खोज्दै ६ लाख ७ हजारभन्दा धेरै युवा विदेशिएका छन् । वैदेशिक रोजगार

शिशिर स्मृति सम्मान डा. सुमन कर्माचार्यलाई

बर्दिवास । ३०औँ राष्ट्रिय छन्द दिवसको अवसरमा शिशिर घिमिरे स्मृति प्रतिष्ठानले बहुभाषिक कविता वाचन, स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम

Techie IT