Techie IT
२०८२ वैशाख ८, सोमबार
NepaliPatra logo
गृहपृष्ठनेपालकान्ति लोकपथ आजदेखि दैनिक तीन घण्टा खुल्ने

कान्ति लोकपथ आजदेखि दैनिक तीन घण्टा खुल्ने


काठमाडौँ । हेटौँडा हुँदै ललितपुर जोड्ने कान्ति लोकपथ सोमबारदेखि दैनिक तीन घण्टा खुल्ने भएको छ । सोमबार बिहान ९ बजेदेखि १२ बजेसम्म र साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म कान्ति लोकपथ सडक खुल्ने जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार बिहान ४ बजेदेखि ९ बजेसम्म र दिउँसो १२ बजेदेखि ६ बजेसम्म सडक बन्द रहनेछ । जेठ २५ गतेबाट कान्ति लोकपथ सडक पूर्ण रुपमा सुचारु हुने प्रहरी चौकी भट्टेडाँडा ललितपुरले जानकारी दिएको छ । ललितपुरको बागमती गाउँपालिका–२ रातोभिरमा सडक निर्माण गर्ने क्रममा ढुङ्गा माटो झरेर सडक भासिएकाले सडक पूर्णरुपमा बन्द थियो ।

यसअघि मर्मतका लागि गएको चैत १ गतेदेखि ४५ दिनका लागि सडक बन्द गरिएको थियो । बागमती प्रदेशको राजधानी हेटौँडालाई सङ्घीय राजधानी काठमाडौँसँग जोड्ने कान्ति लोकपथ मकवानपुरको हेटौँडाबाट ठिंगन हुँदै बगुवा, काल्चे, भट्टेडाँडा, तीनपाने, टीकाभैरव हुँदै ललितपुरको सातदोबाटोसम्म पुग्छ । जम्मा ९२ किलोमिटर लम्बाइ रहेको कान्ति लोकपथ २०१३ सालमा शिलान्यास गरिएको थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

शिशिर स्मृति सम्मान डा. सुमन कर्माचार्यलाई

बर्दिवास । ३०औँ राष्ट्रिय छन्द दिवसको अवसरमा शिशिर घिमिरे स्मृति प्रतिष्ठानले बहुभाषिक कविता वाचन, स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम

विद्युत् सेवा पटक पटक अवरुद्ध हुँदा उपभोक्ता समस्यामा

खोटाङ । दश स्थानीय तह रहेको जिल्लाका ९६ प्रतिशत घरपरिवार उपभोक्ताले विद्युत् उपभोग गरेको पाइएको छ । नेपाल विद्युत् प्राधिकरणले

गाउँका बूढापाकाले मात्र धानेका घुम्ती गोठको परम्परा

म्याग्दी । धवलागिरि गाउँपालिका–३ मुनाका ७१ वर्षीय खड्कमान पुनको दैनिकी घुम्ती गोठमा बित्ने गरेको छ । परम्परागत रूपमा गाईपालन गर्दै

सरकारलाई दबाब दिन विद्यालय बन्द गर्न शिक्षक महासंघको आग्रह

काठमाडौं । नेपाल शिक्षक महासंघले आन्दोलनलाई अन्तिम र निर्णायक बनाउन सबै शिक्षक तथा विद्यालय कर्मचारीलाई आन्दोलनमा जुट्न आग्रह गरेको छ

चैत्र महिनामा ११ सङ्घीय अस्पतालमा सेवा थप तथा विस्तार

काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको

सर्वोच्चद्वारा पाँचखालका इँटा उद्योग बन्द गर्न आदेश

काभ्रे । सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर

Techie IT