Techie IT
२०८१ फागुन २१, बुधबार
NepaliPatra logo
गृहपृष्ठअर्थकिमाथाङ्का नाका खुलेपछि भोटखोलाका बासिन्दाको दैनिकी सहज बन्दै

किमाथाङ्का नाका खुलेपछि भोटखोलाका बासिन्दाको दैनिकी सहज बन्दै


सङ्खुवासभा । चीनसँग जोडिएको सङ्खुवासभाको उत्तरी क्षेत्र किमाथाङ्का नाका खुलेपछि भोटखोलाका बासिन्दाको दैनिकी सहज बन्दै गएको छ । नाका खुलेपछि भोटखोलाका किमाथाङ्का, च्याम्ताङ्ग, चेपुवा, हटियालगायतका स्थानीयलाई राहत भएको छ ।

त्यस्तै हिमाली क्षेत्रमा उत्पादन हुने जडीबुटी तथा परम्परागत हस्तकलाका सामग्रीले चिनियाँ बजारमा प्रवेश पाउन थालेको छ । गएको जेठ १२ गते उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चीनको तिब्वत स्वायत्त क्षेत्रका उपाध्यक्ष सिलाम निमाले चीनको छेन्ताङमा एक समारोहका बीच किमाथाङ्कासहित नेपाल–चीन सीमामा रहेका १४ नाका पुनःसञ्चालनमा आएको घोषणा गरेका थिए ।

कोरोना महामारीका बेला चीन सरकारले २०७६ साल माघ ५ देखि किमाथाङ्कासहित चीनसँग जोडिएका विभिन्न नाका बन्द गरेको थियो । नाका पुनःसञ्चालनमा ल्याइ सीमावर्ती क्षेत्रमा सहज आवतजावतको व्यवस्था मिलाउन भोटखोलावासीले पटक–पटक सरकारको ध्यानाकर्षण गराउँदै आएका थिए ।

नाका सञ्चालनमा आएपछि भोटखोलाका ४३ जना व्यापारीले जडीबुटी, स्थानीयस्तरमा निर्मित हस्तकलाका सामग्री चिनियाँ बजारमा पठाउन थालेका छन् । भोटखोलाका नागरिकले परिचयपत्रका आधारमा किमाथाङ्का नाका पारि पुगेर चिनियाँ बजारबाट दैनिक उपभोग्य वस्तु खरिद गर्ने गरेका भोटखोला गाउँपालिका अध्यक्ष वाङ्छेदर भोटेले जानकारी दिनुभयो ।

भोटखोला गाउँपालिकाको वडा १, २ र ३ ले उत्तरी छिमेकी चीनको भाग छोएका छन् । त्यसक्षेत्रमा झन्डै पाँच हजार जनाको बसोबास छ । त्यस क्षेत्रका बासिन्दाले यसअघि सीमापारिको चाँगा बजारमा गएर दैनिक रोजगारी गरेर र खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तु भित्राएर जीविका चलाउँदै आएका थिए ।

बन्द नाका खुलेपछि रोजगारीको अवसर पनि खुलेको छ । किमाथाङ्का नाकामा अझै पनि सडक सञ्जाल पुगेको छैन । सदरमुकाम खाँदबारी किमाथाङ्का सडक निर्माणाधीन अवस्थामा छ । खाँदबारीबाट किमाथाङ्काको दूरी एक सय ६२ किलोमिटर छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

सर्वनाममा २ दर्जनबढी अन्तराष्ट्रिय नाटकहरु प्रदर्शन

काठमाडाैँ । काठमाडौँको कालिकास्थानस्थित सर्वनाम थिएटरमा विभिन्न देशका २ दर्जनबढी नाटकहरु प्रदर्शन भईरहेका छन् । इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल सोसाइटी

रेडपाण्डा संरक्षणका लागि जैविकमार्ग

इलाम । इलाममा लोपोन्मुख रेडपाण्डा संरक्षणका लागि पहल शुरु गरिएको छ । जिल्लाको सन्दकपुर र माईजोगमाई गाउँपालिकामा रहेको आलु विकास

वीरगञ्ज नाका हुँदै निर्यात दोब्बरले बृद्धि

वीरगञ्ज । वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको सात महिनाको अवधिमा ४० अर्ब ३४ करोड ५९ लाख ७९ हजार

मुग्लिन नारायणगढ सडकको वैकल्पिक मार्ग खुलाउन २ करोड ६९ लाख…

तनहुँ । मुग्लिन–नारायणगढ खण्डको वैकल्पिक सडकको ‘ट्रयाक’ खोल्ने कार्य शुरु भएको छ । हाल सञ्चालनमा रहेको उक्त सडकको वैकल्पिक मार्गका

केराको रेशाबाट उत्पादित सामग्रीको माग बढ्दो

टीकापुर । कैलालीको कैलालीमा केराको थामबाट उत्पादित रेशा र त्यसबाट निर्माण गरिएका हाते सामग्रीको खपत बढ्दै गएको छ । टीकापुर

ट्राफिक प्रहरीद्वारा सवारी जाँचमा कडाइ

बागमती । सवारी दुर्घटना न्यूनीकरण गर्न बागमती प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले चालु आर्थिक २०८१/८२ को सात महिनाको

Techie IT