Techie IT
२०८१ चैत्र १९, मंगलबार
NepaliPatra logo
गृहपृष्ठनेपालसहकारी पीडितले पुनः आन्दोलन सुरु गरे

सहकारी पीडितले पुनः आन्दोलन सुरु गरे


काठमाडौँ । सरकारले पटक–पटक सम्झौता गरेर पनि माग सम्बोधन नगरेको भन्दै सहकारी पीडितले पुनः आन्दोलन सुरु गरेका छन् ।

देशभरिका संकटग्रस्त सहकारी पीडित बचतकर्तालाई संगठित गर्दै अगाडि बढेको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघको नेतृत्वमा शुक्रबार काठमाडौंमा प्रदर्शन भएको छ ।

शुक्रबार विभिन्न प्लेकार्ड बोकेर र्‍याली सहित माइतीघरमा सभा गरेका सहकारी पीडितले रिले अनशन समेत सुरु गरेका छन् ।

सरकारले आफूहरूसँग दुई पटकसम्म सम्झौता गरेको भए पनि सम्झौता कार्यान्वनय नभएपछि बाध्य भएर फेरि आन्दोलनमा उत्रनु परेको अभियानका अध्यक्ष कुशलभ केसीले बताए । आफूहरूको माग पूरा नभएसम्म आन्दोलन नरोकिने उनले बताए ।

विभिन्न सहकारीबाट पीडित भएको सहकरीका बचतकर्ताले सहकारीको अधयक्ष र सञ्चालकलाई कारबाही र बचत फिर्ताको मागसहित आन्दोलनमा सहभागी भएका छन् ।

यसअघि भएका सम्झौता कार्यान्वयन नभएसम्म रिले अनशन सहितका आन्दोलनलाई जारी राख्ने सहकारी पीडित बचतकर्ताले बताएका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले सोमबार मध्यरातदेखि

झापामा जङ्गली हात्तीको आक्रमणबाट १४ वर्षमा ६४को मृत्यु

झापा । गत फागुनमा यहाँको हल्दीबारी गाउँपालिका–४ का ७६ वर्षीय भीमप्रसाद भट्टराईको हात्तीको आक्रमणमा परी ज्यान गयो। भट्टराई आफ्नो घरदेखि

चैत शुक्लपक्ष शुरु भएसँगै मिथिला क्षेत्र पर्वमय

महोत्तरी । मधेसको प्राचीन मिथिला क्षेत्र चैत शुक्लपक्ष शुरु भएसँगै पर्वमय बनेको छ । आज चैत शुक्ल प्रतिपदासँगै वासन्ती नवारात्र

आँबुखैरेनीका तीन सडक धमाधम स्तरोन्नति हुँदै

तनहुँ । आँबुखैरेनी गाउँपालिकाका मा तीन वटा ग्रामीण सडकको धमाधम स्तरोन्नतिको भइरहेको छ । तीनवटै सडकको काम अन्तिम चरणमा पुगेको

पाल्पाका किसानलाई चैते धान रोप्न चटारो

पाल्पा । आलु, गहुँलगायत बाली भित्र्याएका पाल्पाका किसानलाई चैते धान रोपाइँको चटारो थपिएको छ । यहाँका पूर्वखोला, रामपुर, रम्भा, निस्दीलगायत फाँटका

लोमान्थाङमा पाँच श्ययाको अस्पताल बन्यो, उपकरण र जनशक्ति खाँचो

मुस्ताङ । उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा पाँच श्ययाको आधारभूत अस्पताल भवन निर्माण गरिएको छ । सङ्घीय सरकारको एकीकृत स्वास्थ्य पूर्वाधार

Techie IT