गृहपृष्ठ ∕
नेपाल ∕
कान्तिपुर मिडियाका अध्यक्ष सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी गरेकोमा मिडिया सोसाइटीको बिरोध कान्तिपुर मिडियाका अध्यक्ष सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी गरेकोमा मिडिया सोसाइटीको बिरोध
काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएकामा नेपाल मिडिया सोसाइटीले बिरोध जनाएको छ ।
नेपाल मिडिया सोसाइटीले कान्तिपुरले प्रमुखताका साथ समाचार बनाएको झोंकमा गृहमन्त्री लामिछानेले प्रतिशोध साधेको भन्दै भर्त्सना गरेको छ । सोसाइटीका अध्यक्ष शुभशंकर कँडेलले विज्ञप्ति जारी गर्दै भनेका छन्, व्यक्तिगत रिसइबी र इगो साध्ने हतियारका रूपमा आफ्नो मातहतको निकायलाई दुरुपयोग गरी कथित नागरिकताको कमीकमजोरीको प्रचारबाजी र जाहेरी दर्ता गर्न लागएर पक्राउ पुर्जी जारी गरेको घटनाको हामी घोर निन्दा र भर्त्सना गर्दछु ।
नागरिकता जस्तो कुनै पनि नागरिकको संवेदनशील विषयलाई विवादको विषय बनाएर कुनै एउटा समुदायलाई नै गैरनागरिकका रूपमा बद्नाम गर्ने अभियानको एक उपक्रम हो भएको सोसाइटीको ठहर छ । जब कि गृहमन्त्री आफैं दोहोरो नागरिकताको दुरुपयोग गरेका दोषी व्यक्ति हुन् । नेपालको राजनीतिक तथा लोकतान्त्रिक र स्वतन्त्र प्रेसका रूपमा क्रियाशील नेपालकै मानक मिडिया हाउसका प्रमुखमाथिको यस प्रकारको निन्दनीय घटनाको जति नै भर्त्सना गरे पनि कमी हुन्छ, अध्यक्ष कँडेलले भनेका छन्, तसर्थ सम्पूर्ण नागरिक, विभिन्न अधिकारवादी संघसंस्था तथा जिम्मेवार राजनीतिक दलहरूलाई सकारको यसप्रकारको गैरलोकतान्त्रिक र राज्यका निकायको दुरुपयोग गरेर आफ्नो स्वार्थ सिद्ध गर्ने प्रवृत्तिका विरुद्ध उभिनका लागि आह्वान गर्दछौं ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडाैँ । काठमाडौँको कालिकास्थानस्थित सर्वनाम थिएटरमा विभिन्न देशका २ दर्जनबढी नाटकहरु प्रदर्शन भईरहेका छन् । इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल सोसाइटी
इलाम । इलाममा लोपोन्मुख रेडपाण्डा संरक्षणका लागि पहल शुरु गरिएको छ । जिल्लाको सन्दकपुर र माईजोगमाई गाउँपालिकामा रहेको आलु विकास
वीरगञ्ज । वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको सात महिनाको अवधिमा ४० अर्ब ३४ करोड ५९ लाख ७९ हजार
तनहुँ । मुग्लिन–नारायणगढ खण्डको वैकल्पिक सडकको ‘ट्रयाक’ खोल्ने कार्य शुरु भएको छ । हाल सञ्चालनमा रहेको उक्त सडकको वैकल्पिक मार्गका
टीकापुर । कैलालीको कैलालीमा केराको थामबाट उत्पादित रेशा र त्यसबाट निर्माण गरिएका हाते सामग्रीको खपत बढ्दै गएको छ । टीकापुर
बागमती । सवारी दुर्घटना न्यूनीकरण गर्न बागमती प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले चालु आर्थिक २०८१/८२ को सात महिनाको