Techie IT
२०८२ वैशाख १५, सोमबार
NepaliPatra logo
गृहपृष्ठनेपालसंसदीय छानबिन समितिमा दलहरूबीच सहमति हुन सकेन

संसदीय छानबिन समितिमा दलहरूबीच सहमति हुन सकेन


काठमाडौँ । सहकारीको रकम ठगीको विषयमा छानबिन गर्ने संसदीय समितिको बारेमा दलहरूबीच आइतबार पनि सहमति हुन सकेको छैन ।

बिहानैदेखि दुईपक्षीय र बहुपक्षीय छलफल भए पनि दलहरूबीच सहमति हुन नसकेको हो । छानबिन समिति बनाउनका लागि कार्यादेश तय गर्न दलहरूबीच हिजै कार्यदल गठनको सहमति भएको थियो । तर कार्यदलले आज पनि कार्यादेश टुङ्गो लगाउन सकेन ।

नेपाली कांग्रेसले संसदीय समितिमा गृहमन्त्री रवि लामिछानेकै नाम जोडेर अनुसन्धान हुनुपर्ने अडान लिएको छ । तर राष्ट्रिय स्वतन्त्र पार्टीले भने लामिछानेको नाम उल्लेख हुन नहुने र समस्याग्रस्त सबै सहकारीको एकमुष्ट छानबिन हुनुपर्ने बताएको छ ।

बिहान भएको छलफलमा छानबिन समितिमा गृहमन्त्री लामिछानेको नाम उल्लेख नगर्ने तर उहाँ संलग्न भएको सहकारीको नाम उल्लेख गर्ने सहमति भएको थियो । तर दिउँसो नेपाली कांग्रेसले आन्तरिक बैठक बसेर रवि लामिछानेकै नाम किटान गरेर अनुसन्धान हुनुपर्ने अडान दोहोर्‍याएपछि सहमति हुन नसकेको हो ।

दलहरूबीच सहमति हुन नसक्दा आज पनि संसद् बैठक स्थगित भएको छ ।

दलहरूबीच सहमति नजुटेकाले भोलि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने कार्यसूची पनि प्रभावित हुने देखिएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

विद्युत् आपूर्तिमा समस्या छैन, लोडसेडिङ पनि हुँदैन : प्राधिकरण

काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरणले विद्युत आपूर्तिमा कुनै समस्या नरहेको र लोडसेडिङ पनि नहुने स्पष्ट पारेको छ । प्राधिकरणले विज्ञप्ति

तरबूजा खेती गरेरै जीविका चलाउँछिन् बन्धु चौधरी

कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका बन्धु चौधरीले स्याली नदी बगरमा उत्पादित तरबूजा बिक्री गरेरै जीविका चलाउँदै आएकी छिन् ।

अभिभावकको दबाबले खुल्न थाले इलामका सामुदायिक विद्यालय

इलाम । शिक्षकहरुको आन्दोलनका कारण बन्द भएका यहाँका सामुदायिक विद्यालय अभिभावकको दबाबपछि खुल्न थालेका छन् । अभिभावकले विद्यार्थीको भविष्य अन्धकार

बङ्गुर पालेर स्वरोजगार र आत्मनिर्भर

म्याग्दी । बङ्गुरपालन गरेका म्याग्दीका एक युवाले निरन्तर मेहनत गर्ने हो भने देशमै स्वरोजगार र आत्मनिर्भर बन्न सकिने सन्देश दिएका

भूकम्पको दशक: भत्किएका संरचना अझै अधुरा

काठमाडौं । विसं २०७२ को विनाशकारी भूकम्पका कारण हरेक वर्षको वैशाख १२ गतेले नेपालीलाई झस्काइरहन्छ । त्यो कम्पनले लाखौँ सपनाहरू

श्रीमतीको हत्या गरी फरार भएका श्रीमान पक्राउ

काठमाडौं। काठमाडौंको शंखरापुर नगरपालिका–९ सानागाउँमा श्रीमती र छोरा–छोरीमाथि खुकुरी प्रहार गरेर फरार भएका पदमबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

Techie IT