गृहपृष्ठ ∕
नेपाल ∕
कञ्चनपुर र कैलालीका सीमा क्षेत्र तीन दिनका लागि बन्द कञ्चनपुर र कैलालीका सीमा क्षेत्र तीन दिनका लागि बन्द
कञ्चनपुर । भारतको खिरी जिल्लासँग जोडिएका नेपाल–भारत सीमा क्षेत्र तीन दिनका लागि बन्द हुँदै छन् ।
छिमेकी राष्ट्र भारतस्थित उत्तर प्रदेश राज्यको खिरी जिल्लामा यही वैशाख ३१ गते अर्थात् मे १३ तारिखका दिन हुन गइरहेको लोकसभा सामान्य निर्वाचनलाई लक्षित गरी आज शुक्रबार साँझ ६ बजेदेखि उक्त मतदान कार्य समाप्त नहुँदासम्म कञ्चनपुर र कैलालीका दक्षिणी सीमा क्षेत्र बन्द गर्न लागिएको प्रशासनले जनाएको छ ।
उक्त निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न नेपाल–भारत अन्तर्राष्ट्रिय सीमा नाकाहरू बन्द रहने भनी भारतीय पक्षबाट पत्राचार गरिएको हुँदा उक्त अवधिभर नेपाल–भारत सीमा नाका बन्द गरिने जिल्ला प्रशासन कार्यालय कैलालीले जारी गरेको सूचनामा उल्लेख छ ।
त्यस्तै, भारतको खिरी जिल्लासँग जोडिएका कञ्चनपुरको दक्षिण पूर्वी क्षेत्रका सबै चलनचल्तीका सीमा क्षेत्रहरूमा आवागमन बन्द रहने कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले जानकारी दिनुभयो । कञ्चनपुर जिल्लाको दक्षिण पूर्वी क्षेत्र र कैलाली जिल्लाको पुरै दक्षिणी क्षेत्रसँग भारतको खिरी जिल्लाको सीमा जोडिएको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौं। काठमाडौंको शंखरापुर नगरपालिका–९ सानागाउँमा श्रीमती र छोरा–छोरीमाथि खुकुरी प्रहार गरेर फरार भएका पदमबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं । नेपाल र भारतबीच विद्युत् आदानप्रदानका लागि अत्यावश्यक रहँदै आएका दुई प्रसारण लाइन निर्माण गर्न संयुक्त कम्पनी स्थापनाका लागि
काठमाडाैँ । चालु आर्थिक वर्षको ९ महिना काम खोज्दै ६ लाख ७ हजारभन्दा धेरै युवा विदेशिएका छन् । वैदेशिक रोजगार
बर्दिवास । ३०औँ राष्ट्रिय छन्द दिवसको अवसरमा शिशिर घिमिरे स्मृति प्रतिष्ठानले बहुभाषिक कविता वाचन, स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम
खोटाङ । दश स्थानीय तह रहेको जिल्लाका ९६ प्रतिशत घरपरिवार उपभोक्ताले विद्युत् उपभोग गरेको पाइएको छ । नेपाल विद्युत् प्राधिकरणले
म्याग्दी । धवलागिरि गाउँपालिका–३ मुनाका ७१ वर्षीय खड्कमान पुनको दैनिकी घुम्ती गोठमा बित्ने गरेको छ । परम्परागत रूपमा गाईपालन गर्दै