Techie IT
२०८१ फागुन २०, मंगलबार
NepaliPatra logo
गृहपृष्ठनेपालऐतिहाँसिक गोलकोत कोतघरको नेपाली सेनाद्वार जिर्णोद्वार सुरु

ऐतिहाँसिक गोलकोत कोतघरको नेपाली सेनाद्वार जिर्णोद्वार सुरु


गलकोट । गलकोट नगरपालिका ३ मा रहेको ऐतिहाँसिक तथा धार्मिक पर्यटकीय गन्तव्य गोलकोत कोतघरलाई नेपाली सेनाले जिर्णोद्वार तथा मर्मत सम्भार गर्न सुरु गरेको छ ।

त्यहाँ रहेका पुराना हात हतियारको संरक्षण सँगै कोतघरको सम्वर्द्वन गरी पर्यटन प्रर्वद्वन गर्न कोतघर जिर्णोद्वार शुभारम्भ गरिएको गलकोट नगरपालिका वडा नं ३ का वडा अध्यक्ष एवं कोतघर संरक्षक फम बहादुर खत्रीले जानकारी दिए । वडा अध्यक्ष खत्रीका अनुसार नेपाली सेनाको बजेट सहित स्थानिय जनश्रमदान गरि झण्डै १५ लाखको लागतमा कोतघर जिर्णोद्वार सुरु भएको हो ।

पुरानो कोत घर जिर्ण बन्दै गएकोले कोतघरको संरक्षण सम्वर्द्वन गर्ने उद्येश्यले जिर्णोद्वार गर्न लागिएको गोलकोत मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सन्त बहादुर खत्रीले बताए ।

नेपाली सेनाको द्रुत प्रभाव परियोजना (क्युआइपी) जनहित कार्यक्रम अन्तर्गत गलकोट नगरपालिकाले तयार गरेको प्राविधिक स्टिमेट अनुसार ९ लाखको लागतमा जिर्णोद्वार कार्य अगाडी बढाईएको श्री मेहर गण घोडाबाँधे बागलुङका प्रमुख सेनानी धन रानाले जानकारी दिए ।

कोतघरमा जिर्णोद्वार तथा मर्मत सम्भारमा राख्नका आवश्यक पर्ने सामाग्रीका लागि वडा कार्यालय र गोलकोत मन्दिर व्यवस्थापन समिति सँग समन्वय गरि काम थालनी गरिएको क्याप्टेन दुर्गा बहादुर थापाले बताए । गोलकोत घरमा रहेका देवताको क्षमा पूजा गरि जिर्णोद्वार कार्य थालिएको गोलकोत मन्दिर व्यवस्थापन समितिका सचिव थम्मन थापा सन्देशले जानकारी दिए ।

गोलकोत कोतघर घुम्न आउने पर्यटकलाई सहजै जानकारी दिने उद्देश्यले कोतघरमा हतियारका साथै पुर्खाले अङ्ग्रेजसँग लड्दाका बेला प्रयोग भएका सामग्री राखिने सचिव थापाले बताए । कोतघर जिर्णोद्वारमा अहिले नेपाली सेनाको २५ सदस्यीय टोलीले काम गरिरहेको छ । नागरिक सैनिक सम्बन्ध सुदृढ गर्न र जनताको आवश्यकतामा प्रत्यक्ष सहयोग गर्न नेपाली सेनाले समय समयमा यस्ता कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वीरगञ्ज नाका हुँदै निर्यात दोब्बरले बृद्धि

वीरगञ्ज । वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको सात महिनाको अवधिमा ४० अर्ब ३४ करोड ५९ लाख ७९ हजार

मुग्लिन नारायणगढ सडकको वैकल्पिक मार्ग खुलाउन २ करोड ६९ लाख…

तनहुँ । मुग्लिन–नारायणगढ खण्डको वैकल्पिक सडकको ‘ट्रयाक’ खोल्ने कार्य शुरु भएको छ । हाल सञ्चालनमा रहेको उक्त सडकको वैकल्पिक मार्गका

केराको रेशाबाट उत्पादित सामग्रीको माग बढ्दो

टीकापुर । कैलालीको कैलालीमा केराको थामबाट उत्पादित रेशा र त्यसबाट निर्माण गरिएका हाते सामग्रीको खपत बढ्दै गएको छ । टीकापुर

ट्राफिक प्रहरीद्वारा सवारी जाँचमा कडाइ

बागमती । सवारी दुर्घटना न्यूनीकरण गर्न बागमती प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले चालु आर्थिक २०८१/८२ को सात महिनाको

खाना पकाउने ग्यासबाट सल्किएको आगोले हलेसीका तीन घरमा क्षति

खोटाङ । यहाँको त्रिधार्मिकस्थल हलेसी बजारमा आइतबार साँझ भएको आगलागी करिब चार घण्टा पछि निभाइएको छ । हलेसी तुवाचुङ नगरपालिका–७

पाल्पाको रम्भामा सामुदायिक घरवास सञ्चालन

पाल्पा । पाल्पाको रम्भा गाउँपालिकामा सामुदायिक घरवास सञ्चालनमा आएको छ । यहाँको वडा नं २ फोक्सिङकोटमा पहिलो पटक रानीवास सामुदायिक

Techie IT