पत्रकार महासङ्घकाे केन्द्रीय महाधिवेशन शुरु

sf7df8fF}, @! j}zfvM
g]kfn kqsf/ dxf;ª3sf] dxflwj]zg sfo{qmdsf ;xefuL
sf7df8f}Fdf cfh cfof]lht g]kfn kqsf/ dxf;ª3sf] @&cf}F dxflwj]zg sfo{qmddf ;xefuL k|wfgdGqL k'iksdn bfxfn …k|r08Ú, ;~rf/ tyf ;"rgfk|ljlw dGqL /]vf zdf{ nufot . tl:a/M /Tg >]i7÷ /f;;
काठमाडौँ । नेपाल पत्रकार महासङ्घको केन्द्रीय महाधिवेशन काठमाडाैँमा शुरु भएको छ । राष्ट्रिय सभागृहमा शुरु भएको महाधिवेशन भोलिसम्म चल्नेछ । महाधिवेशनको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहान उद्घाटन गरे ।
महाधिवेशनमा महासङ्घका राष्ट्रिय परिषद् सदस्यहरू सहभागी छन् । महाधिवेशन शुरु हुनुअघि पत्रकारहरूले शान्तिबाटिकाबाट राष्ट्रिय सभागृहसम्म प्रभातफेरी गरेका थिए । केन्द्रीय महाधिवेशनमा महासचिव रोशन पुरीको साङ्गठनिक र कोषाध्यक्ष कलेन्द्र सेजुवालको आर्थिक प्रस्ताव पेस गरी छलफलपछि पारित गर्ने कार्यसूची छ ।
आजै ३१औँ विश्व प्रेस स्वतन्त्रता दिवस पनि मनाइँदैछ । ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ भन्ने नाराका साथ दिवस मनाइरहँदा पत्रकारहरूले प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित हुनुपर्नेमा जोड दिएका छन् ।
‘स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी गरेको दिनको सम्झनामा मे ३ तारिखलाई प्रेस स्वतन्त्रता दिवसको रूपमा मनाइने गरिन्छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौं। काठमाडौंको शंखरापुर नगरपालिका–९ सानागाउँमा श्रीमती र छोरा–छोरीमाथि खुकुरी प्रहार गरेर फरार भएका पदमबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं । नेपाल र भारतबीच विद्युत् आदानप्रदानका लागि अत्यावश्यक रहँदै आएका दुई प्रसारण लाइन निर्माण गर्न संयुक्त कम्पनी स्थापनाका लागि
काठमाडाैँ । चालु आर्थिक वर्षको ९ महिना काम खोज्दै ६ लाख ७ हजारभन्दा धेरै युवा विदेशिएका छन् । वैदेशिक रोजगार
बर्दिवास । ३०औँ राष्ट्रिय छन्द दिवसको अवसरमा शिशिर घिमिरे स्मृति प्रतिष्ठानले बहुभाषिक कविता वाचन, स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम
खोटाङ । दश स्थानीय तह रहेको जिल्लाका ९६ प्रतिशत घरपरिवार उपभोक्ताले विद्युत् उपभोग गरेको पाइएको छ । नेपाल विद्युत् प्राधिकरणले
म्याग्दी । धवलागिरि गाउँपालिका–३ मुनाका ७१ वर्षीय खड्कमान पुनको दैनिकी घुम्ती गोठमा बित्ने गरेको छ । परम्परागत रूपमा गाईपालन गर्दै