Techie IT
२०८१ फागुन १६, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालपोषणको क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्नुपर्छः आरजु राणा

पोषणको क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्नुपर्छः आरजु राणा


काठमाडौँ । नेपाली कांग्रेसकी सांसद एवं कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकि सभापति डा. आरजु राणाले सरकारले पोषणको क्षेत्रलाई प्राथमिकता दिएर बजेट विनियोजन गर्नुपर्ने बताएकी छन् ।

शुक्रबार ललितपुरमा आयोजित ‘नेशनल कल्सल्टटिभ वर्कशप अन न्युट्रेसन’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति राणाले पोषणको क्षेत्रमा सरकारले बजेट बढाउनुपर्ने बताएकी हुन् । उनले सरकारले पोषणको क्षेत्रलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । उनले बालबालिकाको पोषणको आधारमा भविष्यमा कस्तो नागरिक हुन्छन् भन्ने निक्र्यौल हुने भन्दै उनीहरुको पोषणका निम्ति राज्यले ध्यान दिनुपर्ने बताइन् ।

सभापति राणाले पोषणलाई सरकारको प्राथमिकतामा पार्नको निम्ति स्थानीय तहदेखि नीतिगत तहसम्म पहल जरुरी रहेको बताइन् । उनले पोषणका सम्बन्धमा सरकारको विभिन्न रणनीतिहरु भएको उल्लेख गर्दै रणनीतिको कार्यान्वयनको पक्षलाई जोड दिनुपर्ने बताइन् ।

सभापति राणाले आफू कृषि क्षेत्रमा पनि सरकारले बजेट बढाउनुपर्छ भन्ने पक्षमा रहेको बताइन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वीरगञ्ज नाका हुँदै निर्यात दोब्बरले बृद्धि

वीरगञ्ज । वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको सात महिनाको अवधिमा ४० अर्ब ३४ करोड ५९ लाख ७९ हजार

मुग्लिन नारायणगढ सडकको वैकल्पिक मार्ग खुलाउन २ करोड ६९ लाख…

तनहुँ । मुग्लिन–नारायणगढ खण्डको वैकल्पिक सडकको ‘ट्रयाक’ खोल्ने कार्य शुरु भएको छ । हाल सञ्चालनमा रहेको उक्त सडकको वैकल्पिक मार्गका

केराको रेशाबाट उत्पादित सामग्रीको माग बढ्दो

टीकापुर । कैलालीको कैलालीमा केराको थामबाट उत्पादित रेशा र त्यसबाट निर्माण गरिएका हाते सामग्रीको खपत बढ्दै गएको छ । टीकापुर

ट्राफिक प्रहरीद्वारा सवारी जाँचमा कडाइ

बागमती । सवारी दुर्घटना न्यूनीकरण गर्न बागमती प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले चालु आर्थिक २०८१/८२ को सात महिनाको

खाना पकाउने ग्यासबाट सल्किएको आगोले हलेसीका तीन घरमा क्षति

खोटाङ । यहाँको त्रिधार्मिकस्थल हलेसी बजारमा आइतबार साँझ भएको आगलागी करिब चार घण्टा पछि निभाइएको छ । हलेसी तुवाचुङ नगरपालिका–७

पाल्पाको रम्भामा सामुदायिक घरवास सञ्चालन

पाल्पा । पाल्पाको रम्भा गाउँपालिकामा सामुदायिक घरवास सञ्चालनमा आएको छ । यहाँको वडा नं २ फोक्सिङकोटमा पहिलो पटक रानीवास सामुदायिक

Techie IT