Techie IT
२०८१ फागुन २१, बुधबार
NepaliPatra logo
गृहपृष्ठनेपालकर्णालीका मुख्यमन्त्री कँडेलले विश्वासको मत लिँदै

कर्णालीका मुख्यमन्त्री कँडेलले विश्वासको मत लिँदै


काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँदैछन् । त्यसका लागि कर्णाली प्रदेश सभाको बैठक आज दिउँसो ३ बस्दै छ ।

मुख्यमन्त्री कँडेलले विश्वासको मत लिन दिउँसो तीन बजे प्रदेश सभाको बैठक बोलाइएको छ । ४० सदस्यीय कर्णाली प्रदेशसभामा नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका १० जना सांसद छन् । यसैगरी राप्रपा, एकीकृत समाजवादी र स्वतन्त्रका एक–एक सांसद छन् । नेकपा एमाले र माओवादी केन्द्रको मात्रै संख्या जोड्दा पनि मुख्यमन्त्री कंडेलले विश्वासको मत पाउँछन् ।

नेकपा एमालेका कँडेल गत चैत २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए । तर मन्त्रालय भागबण्डामा कुरा नमिल्दा सरकार पूर्ण हुन सकेको छैन । मुख्यमन्त्री कंडेलले बुधबार मात्रै नेकपा माओवादी केन्द्रका रणसिंह परियारलाई विनाविभागीय मन्त्री नियुक्त गरेका थिए ।

बुधबार नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेताहरुको बैठकले मन्त्रालय भागबण्डा भने टुंगो लगाएको थियो । बैठकमा भएको सहमतिअनुसार नेकपा एमालेले भौतिक पूर्वाधार तथा सहरी विकास, आन्तरिक मामिला र भूमि व्यवस्था र कृषि तथा सहकारी मन्त्रालय पाउने छ ।

यस्तै माओवादी केन्द्रले आर्थिक मामिला तथा योजना, सामाजिक विकास, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय पाउने छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

रेडपाण्डा संरक्षणका लागि जैविकमार्ग

इलाम । इलाममा लोपोन्मुख रेडपाण्डा संरक्षणका लागि पहल शुरु गरिएको छ । जिल्लाको सन्दकपुर र माईजोगमाई गाउँपालिकामा रहेको आलु विकास

वीरगञ्ज नाका हुँदै निर्यात दोब्बरले बृद्धि

वीरगञ्ज । वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको सात महिनाको अवधिमा ४० अर्ब ३४ करोड ५९ लाख ७९ हजार

मुग्लिन नारायणगढ सडकको वैकल्पिक मार्ग खुलाउन २ करोड ६९ लाख…

तनहुँ । मुग्लिन–नारायणगढ खण्डको वैकल्पिक सडकको ‘ट्रयाक’ खोल्ने कार्य शुरु भएको छ । हाल सञ्चालनमा रहेको उक्त सडकको वैकल्पिक मार्गका

केराको रेशाबाट उत्पादित सामग्रीको माग बढ्दो

टीकापुर । कैलालीको कैलालीमा केराको थामबाट उत्पादित रेशा र त्यसबाट निर्माण गरिएका हाते सामग्रीको खपत बढ्दै गएको छ । टीकापुर

ट्राफिक प्रहरीद्वारा सवारी जाँचमा कडाइ

बागमती । सवारी दुर्घटना न्यूनीकरण गर्न बागमती प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले चालु आर्थिक २०८१/८२ को सात महिनाको

खाना पकाउने ग्यासबाट सल्किएको आगोले हलेसीका तीन घरमा क्षति

खोटाङ । यहाँको त्रिधार्मिकस्थल हलेसी बजारमा आइतबार साँझ भएको आगलागी करिब चार घण्टा पछि निभाइएको छ । हलेसी तुवाचुङ नगरपालिका–७

Techie IT