Techie IT
२०८१ चैत्र २८, बिहीबार
NepaliPatra logo
गृहपृष्ठनेपालपर्यटन बोर्डको सीइओ नियुक्ति प्रक्रिया अघि नबढाउन उच्च अदालतको अन्तरिम आदेश

पर्यटन बोर्डको सीइओ नियुक्ति प्रक्रिया अघि नबढाउन उच्च अदालतको अन्तरिम आदेश


काठमाडौँ । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीइओ) नियुक्ती सिफारिश प्रक्रिया तत्काल अघि नबढाउन उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश सुर्दशनराज पाण्डेको इजालासले प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय लगायतका विपक्षीहरुलाई बोर्डको सीइओ छनौट प्रक्रिया तत्काल अघि नबढाउन सोमबार अन्तरिम आदेश दिएको हो ।

बोर्डको सीइओ छनौट प्रक्रिया गैरकानुनी भएको भन्दै बोर्डका ११ जना कर्मचारी उच्च अदालत पाटन पुगेका थिए । उनीहरुले बोर्डको कार्यकारी समितिका सदस्यहरु मिलन देवकोटा, मदनकुमार आचार्यको मनोनयन गैरकानूनी भएकाले उनीहरु सम्मिलित कार्यकारी छनौट उपसमितिसमेत अवैधानिक भएको जिकिर गरेका थिए । कमर्चारीहरुले बोर्डको कार्यकारी प्रमुख नियुक्ति सिफारिस सम्बन्धी कार्यविधि, २०८० र नेपाल पर्यटन बोर्ड ऐन २०५२ विपरीत सीइओ छनौट प्रक्रिया अघि बढाइएकाले खारेजीको माग राखेका थिए ।

अदालतले विपक्षीलाई छलफलमा बोलाएको छ । ‘उक्त छलफलबाट निर्णय नभएसम्म विपक्षीहरु मिलन देवकोटा र मदन कुमार आचार्य समेत रहेको कार्यकारी प्रमुख छनौटसम्बन्धी उपसमितिबाट उल्लेखित कार्यविधिका आधारमा बोर्डको कार्यकारी प्रमुख छनौट सम्वन्धी कुनै काम नगर्नु नगराउनू,’ अन्तरिम आदेशमा छ ।

पर्यटन विभागका महानिर्देशक चक्र बुढासमेत सदस्य रहेको छनोट उपसमितिले २० जना आवेदक मध्येबाट १६ जनाको नाम सर्टलिस्टमा राखेर सोमबारदेखि उनीहरूसँग प्रस्तुतीकरण लिने काम सकिसकेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु, ७ जना घाइते

डोटी । डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको

काठमाडौं उपत्यकामा वर्षा

काठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी

पाठ्यपुस्तक पर्याप्त छन्: जनक शिक्षा प्रादेशिक कार्यालय

चितवन । नयाँ शैक्षिकसत्र शुरु भएसँगै यहाँस्थित जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालयले आफूसँग विद्यालयस्तरका पाठ्यपुस्तकको मौज्दात पर्याप्त रहेको बताएको

‘पोखरा-छेन्दु उडानलाई नियमित गर्न सबैको सहयोग आवश्यक छ’

कास्की । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट शुरु भएको चीनको सिचुवान प्रान्तको छेन्दुको सिधा उडानलाई निरन्तरता दिन

पर्यटकीयस्थल पुनहिलमा विद्युत् सेवा विस्तार

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीयस्थल पुनहिलमा विद्युत् सुविधा विस्तार भएको छ । समुद्री सतहबाट तीन हजार २१० मिटर उचाइमा

चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा

Techie IT