Techie IT
२०८१ फागुन १८, आईतबार
NepaliPatra logo
गृहपृष्ठनेपालरकम सहितको लकर चोरीको आरोपमा ३ जना पक्राउ

रकम सहितको लकर चोरीको आरोपमा ३ जना पक्राउ


काठमाडौँ । पोखरामा एक अनलाइन डेलिभरीको कार्यालयमा चोरी गरेको आरोपमा कास्की प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका– १५, टुटुंगाका २९ वर्षीय अर्जुन परियार, पोखरा–१० का २७ वर्षीय विकास अधिकारी र धादिङ घर भई पोखरा बस्दै आएका २९ वर्षीय लोकेन्द्रबहादुर इटनी छन् ।

उनीहरुले गत २४ चैतमा पोखराको नयाँबजारस्थित एक अनलाइन डेलिभरीको अफिसमा चोरी गरेको पाइएको कास्की प्रहरीका प्रवक्ता तथा डीएसपी वसन्तकुमार शर्माले बताए ।

शौचालयको सिसा फोडेर भित्र प्रवेश गरी अनलाइन डेलिभरी अफिसको लकर नै बोकेर उनीहरु फरार भएका थिए । उक्त लकरमा ५ लाख ८२ हजार ५८० रुपैयाँ रहेको खुलेको डीएसपी शर्माले बताए । उक्त रकम भएको लकरसँगै उनीहरुले एक थान मोबाइल र पाँच थान झोलासमेत चोरी गरेका थिए ।

चोरी गरेर फरार उनीहरुलाई सोमबार वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । प्रहरीले उनीहरुबाट चोरी भएको लकर र झोलासमेत बरामद गरेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वीरगञ्ज नाका हुँदै निर्यात दोब्बरले बृद्धि

वीरगञ्ज । वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको सात महिनाको अवधिमा ४० अर्ब ३४ करोड ५९ लाख ७९ हजार

मुग्लिन नारायणगढ सडकको वैकल्पिक मार्ग खुलाउन २ करोड ६९ लाख…

तनहुँ । मुग्लिन–नारायणगढ खण्डको वैकल्पिक सडकको ‘ट्रयाक’ खोल्ने कार्य शुरु भएको छ । हाल सञ्चालनमा रहेको उक्त सडकको वैकल्पिक मार्गका

केराको रेशाबाट उत्पादित सामग्रीको माग बढ्दो

टीकापुर । कैलालीको कैलालीमा केराको थामबाट उत्पादित रेशा र त्यसबाट निर्माण गरिएका हाते सामग्रीको खपत बढ्दै गएको छ । टीकापुर

ट्राफिक प्रहरीद्वारा सवारी जाँचमा कडाइ

बागमती । सवारी दुर्घटना न्यूनीकरण गर्न बागमती प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले चालु आर्थिक २०८१/८२ को सात महिनाको

खाना पकाउने ग्यासबाट सल्किएको आगोले हलेसीका तीन घरमा क्षति

खोटाङ । यहाँको त्रिधार्मिकस्थल हलेसी बजारमा आइतबार साँझ भएको आगलागी करिब चार घण्टा पछि निभाइएको छ । हलेसी तुवाचुङ नगरपालिका–७

पाल्पाको रम्भामा सामुदायिक घरवास सञ्चालन

पाल्पा । पाल्पाको रम्भा गाउँपालिकामा सामुदायिक घरवास सञ्चालनमा आएको छ । यहाँको वडा नं २ फोक्सिङकोटमा पहिलो पटक रानीवास सामुदायिक

Techie IT