गृहपृष्ठ ∕
नेपाल ∕
कतारका अमिर थानी र राष्ट्रपति रामचन्द्र पौडेलबीच भेटवार्ता कतारका अमिर थानी र राष्ट्रपति रामचन्द्र पौडेलबीच भेटवार्ता
काठमाडौँ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्न शीतलनिवास पुगेका छन् ।
अमिर दुईदिने नेपाल भ्रमणको सिलसिलामा उनी मंगलबार काठमाडौँ आइपुगेका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्ष (भीभीआईपी)मा राष्ट्रपति पौडेलले स्वागत गरेका थिए ।
स्वागत गरेपछि राष्ट्रपति पौडेल शीतलनिवास फर्किएका थिए । त्यसपछि विमानस्थलबाट कतारका अमिर अल थानी सिधैँ राष्ट्रपतिलाई भेट्न शीतलनिवास गएका हुन् ।
नेपाल र कतारबीच सन् १९७७ जनवरी २१ मा कूटनीतिक सम्बन्ध स्थापना भएपछि कतारबाट नेपालमा भएको यो पहिलो उच्चस्तरीय भ्रमण हो ।
राष्ट्रपतिसँग भेटवार्ता सकेपछि कतारका अमिर शीतल निवासबाट सिधैँ आफू बस्ने होटेल सोल्टी जानेछन् । राष्ट्रपति पौडेलले आजै साँझ होटेल सोल्टीमा कतारका अमिरको सम्मानमा रात्रिभोजको आयोजना गर्नेछन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडाैँ । चालु आर्थिक वर्षको ९ महिना काम खोज्दै ६ लाख ७ हजारभन्दा धेरै युवा विदेशिएका छन् । वैदेशिक रोजगार
बर्दिवास । ३०औँ राष्ट्रिय छन्द दिवसको अवसरमा शिशिर घिमिरे स्मृति प्रतिष्ठानले बहुभाषिक कविता वाचन, स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम
खोटाङ । दश स्थानीय तह रहेको जिल्लाका ९६ प्रतिशत घरपरिवार उपभोक्ताले विद्युत् उपभोग गरेको पाइएको छ । नेपाल विद्युत् प्राधिकरणले
म्याग्दी । धवलागिरि गाउँपालिका–३ मुनाका ७१ वर्षीय खड्कमान पुनको दैनिकी घुम्ती गोठमा बित्ने गरेको छ । परम्परागत रूपमा गाईपालन गर्दै
काठमाडौं । नेपाल शिक्षक महासंघले आन्दोलनलाई अन्तिम र निर्णायक बनाउन सबै शिक्षक तथा विद्यालय कर्मचारीलाई आन्दोलनमा जुट्न आग्रह गरेको छ
काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको