Techie IT
२०८२ वैशाख ८, सोमबार
NepaliPatra logo
गृहपृष्ठनेपाललुकाएर राखिएको चिकित्सा शिक्षा जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक

लुकाएर राखिएको चिकित्सा शिक्षा जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक


काठमाडौँ । सरकारले चिकित्सा शिक्षा जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गरेको छ ।

विशेष अदालतका पूर्व अध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतमा गठित चिकित्सा शिक्षा जाँचबुझ आयोगको प्रतिवेदन शिक्षा मन्त्रालयले बुधबार सार्वजनिक गरेको हो ।

प्रतिवेदनमा त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति तीर्थराज खनियाँसहित तत्कालिन सात जना पदाधिकारीलाई कारबाही गर्न सिफारिस गरिएको छ । आयोगले त्रिविका तत्कालीन उपकुलपति डा‍. तीर्थराज खनिया, रेक्टर डा. सुधा त्रिपाठी, रजिष्ट्रार डिल्ली उप्रेती, विज्ञान संकायका डिन रामप्रसाद खतिवडा, कानून संकायका डिन ताराप्रसाद सापकोटा, परिषद्का सदस्य राजेन्द्र पौडेल र हरि पराजुलीलाई कारबाही गर्न सिफारिस गरेको हो ।

त्रिवि विद्या परिषदले नयाँ मेडिकल कलेजहरुलाई सम्बन्धन दिन नसकिने भनी गरेको निर्णय उल्लंघन गरी सम्बन्धन दिएकोलगायतका आरोपमा उनीहरुलाई कारबाहीको सिफारिस गरिएको हो । विद्या परिषद्को सहमति लिने प्रक्रियातिर नलागी मेडिकल कलेजलाई सम्बन्धन दिएको, तत्कालीन डीन प्रा.डा. प्रकाश सायमीलाई दबाव दिएर राजीनामा दिन बाध्य पारेको, निमित्त डीन प्रा.डा. विमलकुमार सिन्हालाई अनुचित दबाब दिएकोलगायतका आरोप पनि लगाईको छ ।

सरकारले ०७४ सालमा कार्कीको अध्यक्षतमा डा उपेन्द्र देवकोटा सदस्य र शिक्षा मन्त्रालयका तत्कालिन सहसचिव सदस्य सूर्यप्रसाद गौतम सदस्य सचिव रहेको आयोग गठन गरेको थियो । आयोगले तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको प्रतिवेदन अहिलेसम्म लुकाएर राखिएकोमा शिक्षामन्त्री सुमना श्रेष्ठले बुधबार सार्वजनिक गरेकी हुन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

शिशिर स्मृति सम्मान डा. सुमन कर्माचार्यलाई

बर्दिवास । ३०औँ राष्ट्रिय छन्द दिवसको अवसरमा शिशिर घिमिरे स्मृति प्रतिष्ठानले बहुभाषिक कविता वाचन, स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम

विद्युत् सेवा पटक पटक अवरुद्ध हुँदा उपभोक्ता समस्यामा

खोटाङ । दश स्थानीय तह रहेको जिल्लाका ९६ प्रतिशत घरपरिवार उपभोक्ताले विद्युत् उपभोग गरेको पाइएको छ । नेपाल विद्युत् प्राधिकरणले

गाउँका बूढापाकाले मात्र धानेका घुम्ती गोठको परम्परा

म्याग्दी । धवलागिरि गाउँपालिका–३ मुनाका ७१ वर्षीय खड्कमान पुनको दैनिकी घुम्ती गोठमा बित्ने गरेको छ । परम्परागत रूपमा गाईपालन गर्दै

सरकारलाई दबाब दिन विद्यालय बन्द गर्न शिक्षक महासंघको आग्रह

काठमाडौं । नेपाल शिक्षक महासंघले आन्दोलनलाई अन्तिम र निर्णायक बनाउन सबै शिक्षक तथा विद्यालय कर्मचारीलाई आन्दोलनमा जुट्न आग्रह गरेको छ

चैत्र महिनामा ११ सङ्घीय अस्पतालमा सेवा थप तथा विस्तार

काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको

सर्वोच्चद्वारा पाँचखालका इँटा उद्योग बन्द गर्न आदेश

काभ्रे । सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर

Techie IT