गृहपृष्ठ ∕
नेपाल ∕
प्रतिपक्षको अवरोधपछि प्रतिनिधिसभाकाे वैशाख २ सम्म स्थगित प्रतिपक्षको अवरोधपछि प्रतिनिधिसभाकाे वैशाख २ सम्म स्थगित
काठमाडौँ । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसलगायत अन्य प्रतिपक्ष दलहरू राप्रपा र लोसपासहितको अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।
बुधबार बसेको बैठकमा आकस्मिक समयमा दलीय प्रतिनिधिका आधारमा सांसदहरूको बोल्नेक्रम सकिएपछि सदन नियमित कार्यसूचीमा प्रवेश गर्नासाथ प्रतिपक्षका सांसदहरू उठेर विरोध जनाएका थिए ।
सभामुख देवराज घिमिरेले निरन्तर सांसदहरूलाई बस्न र सभा चलाउन सहयोग गर्न आग्रह गरेका थिए । यद्यपि, प्रतिपक्षका सांसदहरू नबसेपछि सभामुख घिमिरेले आगामी ०८१ वैशाख २ गतेसम्मका लागि बैठक स्थगित भएको घोषणा गरे ।
प्रमुख प्रतिपक्ष दल कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने अडान राख्दै अवरोध गर्दै आएको छ । यता, सरकार पक्षले भने कुनै हालतमा रविमाथि छानविन समिति बनाउन नसकिने अडान राख्दै आएको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
बागमती । सवारी दुर्घटना न्यूनीकरण गर्न बागमती प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले चालु आर्थिक २०८१/८२ को सात महिनाको
खोटाङ । यहाँको त्रिधार्मिकस्थल हलेसी बजारमा आइतबार साँझ भएको आगलागी करिब चार घण्टा पछि निभाइएको छ । हलेसी तुवाचुङ नगरपालिका–७
पाल्पा । पाल्पाको रम्भा गाउँपालिकामा सामुदायिक घरवास सञ्चालनमा आएको छ । यहाँको वडा नं २ फोक्सिङकोटमा पहिलो पटक रानीवास सामुदायिक
काठमाडौं । पोखरा भ्रमण वर्ष उद्घाटन गर्ने क्रममा बेलुन फुट्दा जलेर घाइते भएका अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिका प्रमुख
बाग्लुङ । बाग्लुङको भकुण्डेमा बाँसबाट सामग्री बनाउँदै आएका एक वृद्धको जीवनको उत्तरार्द्धमा पुग्दा पहिचानविहीन हुनुभएको छ । बाग्लुङ नगरपालिका–१० भकुण्डेमा
भरतपुर । नेपालगञ्ज बाट काठमाडौं जाँदै गरेको लु प्र ०३–००१ ख ००७७ नम्बरको बस आज (आइतबार) बिहान ४ः३० बजे नारायणगढ–मुग्लिन