Techie IT
२०८१ चैत्र ८, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालकर्णाली प्रदेशकाे मुख्यमन्त्रीमा एमालेका कँडेल नियुक्त

कर्णाली प्रदेशकाे मुख्यमन्त्रीमा एमालेका कँडेल नियुक्त


काठमाडौँ । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले प्रदेश संसदीय दलका नेता यामलाल कँडेल नियुक्त भएका छन् ।

प्रदेश प्रमुख तिलक परियारले कँडेललाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । यसअघि आजै कँडेलले गठबन्धनमा रहेका एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका गरी २३ जना सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

कँडेललाई एमालेका नौ, माओवादीका १३ र एकीकृत समाजवादीका एक जना सांसदले समर्थन गरेका थिए । ४० सदस्यीय प्रदेश सभामा बहुमतका लागि २१ जना सांसदको समर्थन चाहिन्थ्यो ।

यसअघि माओवादीबाट मुख्यमन्त्री बरेका राजकुमार शर्माले चैत २१ गते राजीनामा दिएपछि प्रदेश प्रमुख तिलक परियारले नयाँ सरकार गठनका लागि सात दिनको समय दिएर दलहरूलाई आह्वान गरेका थिए ।

शर्माले विश्वासको मत लिने तयारी गरे पनि गठबन्धन दलहरूबीच भएको सहमतिअनुसार केन्द्रबाट माओवादी नेतृत्वले दबाब दिएपछि उनले राजीनामा दिनुपर्ने अवस्था आएको हो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

अन्तर्राष्ट्रिय खुसियाली दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ

काठमाडौँ । आज अन्तर्राष्ट्रिय खुसियाली दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्र सङ्घ महासभाले सन् २०१२ जुलाई १२ मा

श्रीकोटको सिल्लेगडा बर्थिङ एकाइमा बेबी वार्मर

बैतडी । दोगडाकेदार गाउँपालिका–३ श्रीकोटस्थित सिल्लेगडा बर्थिङ एकाइमा बेबी वार्मर (नवजात शिशु तापक्रम नियन्त्रक) उपलब्ध गराइएको छ । ज्योती विकास

एसईईको सबै तयारी पूरा

काठमाडाैँ । यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को सबै तयारी पूरा भएको रष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ

बाँदर आतङ्कले बसाइँसराइ बढ्दा बस्ती नै खण्डहर

भोजपुर । बाँदरको समस्याका कारण भोजपुर मानेभञ्याङका स्थानीयले गाउँ छाड्दा बस्ती नै खण्डहरमा परिणत भएको छ । रामप्रसादराई गाउँपालिका–५ पर्ने

नागार्जुनमा घरमा आगलागी हुँदा १५ लाख रुपैयाँ बराबरको क्षति

काठमाडौँ । काठमाडौँको नागार्जुन नगरपालिका–७ गौतम गाउँमा एउटा घरमा आगलागी हुँदा १५ लाख रुपैयाँ बराबरको क्षति भएको छ । स्थानीय

साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

काठमाडौं । साहित्यकार लीलबहादुर क्षेत्रीको ९२ वर्षको उमेरमा निधन भएको छ । भारतको आसामका स्थायी बासिन्दा उनको बिहीबार राति गुवाहाटीमा

Techie IT