गृहपृष्ठ ∕
नेपाल ∕
सशस्त्र प्रहरी बलको गोदाममा भएको आगलागीबारे छानबिन गर्न समिति गठन सशस्त्र प्रहरी बलको गोदाममा भएको आगलागीबारे छानबिन गर्न समिति गठन
काठमाडौँ । काठमाडौँको चन्द्रागिरी नगरपालिका सतुङगलमा रहेको सशस्त्र प्रहरी बलको गोदाम घरमा हिजो भएको आगलागीको घटना छानबिन गर्न समिति गठन गरिएको छ ।
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशिराज दाहालको नेतृत्वमा नौ सदस्यीय छानबिन समिति गठन गरिएको सशस्त्र प्रहरीका प्रवक्ता एवम् सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले जानकारी दिए ।
समितिले आगलागीको कारण, क्षति तथा अन्य विषयमा छानबिन गर्नेछ । प्रवक्ता खड्काकाअनुसार सशस्त्र प्रहरी मुख्यालय हलचोकमा ठाउँ अभावका कारण अन्य आवश्यक बन्दोबस्तीका सामग्री सतुङगल बलम्बुको गोदाममा राख्ने गरिएको थियो ।
आगलागी लगत्तै उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने हिजो बेलुका बलम्बु पुगेर आगलागी र त्यहाँ राखिएका सामानबारे जानकारी लिनुका साथै छानबिन गर्न निर्देशन र्दिएका थिए ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
नवलपरासी । ग्रामीण क्षेत्रमा उत्पादित कृषिउपज सङ्कलन र बिक्रीका लागि पश्चिम नवलपरासीको सरावलमा निर्माण गरिएको कृषिउपज सङ्कलन केन्द्र सञ्चालनमा प्रयोगविहीन
तनहुँ । ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको संरचना निर्माणका क्रममा प्रभावित भएका एक
काठमाडौं । संघीय संसद्को हिउँदे अधिवेशन आज देखि शुुरु हुँदैछ । विधेयक अधिवेशनको पहिलो बैठक आज अपराह्न १ बजे नयाँ
लुम्बिनी । राजस्व अनुसन्धान विभागले राजस्व अनुसन्धान कार्यालय बुटवल मार्फत बुटवल उपमहानगरपालिका–५ नेपालगञ्जरोड स्थित अलिम इन्टरप्राइजेजका सञ्चालक अलिम मियाँ विरुद्ध
काठमाडौं । प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी आज
काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकार जनतालाई आशा जगाउन केन्द्रित भएको बताएका छन् । बिहीबार राष्ट्रिय वाणिज्य