Techie IT
२०८१ फागुन १८, आईतबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्वार्ताऐन संशोधन गरी लगानीमैत्री वातावरण बनाउँछौं: उद्योगमन्त्री भण्डारी

ऐन संशोधन गरी लगानीमैत्री वातावरण बनाउँछौं: उद्योगमन्त्री भण्डारी


काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले संसदको हिउँदे अधिवेशनभित्र १० वटा ऐन संशोधन गरी उद्योग, लगानीमैत्री वातावरण सिर्जना गरिने बताएका छन् ।

सोमवार नेपाल हब्र्स तथा हर्बल उत्पादक संघको काठमाडौँमा भएको १८ औं वार्षिक साधरण सभामा उद्योगमन्त्री भण्डारीले यस्तो बताएका हुन् ।

उनले सरकारले उद्योगमैत्री कानुन बनाएर अन्तिम चरणमा पुगाएको दाबी गरे । सरकारले निजी क्षेत्रलाई बलियो बनाउँदै उद्योग क्षेत्रमा देखिएको सम्भावनालाई पूरा गर्नेगरी काम भइरहेको बताए ।

उद्योगमन्त्री भण्डारीले समयाअनकुल उद्योग नीति, वाणिज्य नीतिलाई संशोधन गरी ट्रेडका विषयलाई समयाअनुकुल अगाडि बढाउने बताए । मन्त्री भण्डारीले सरकार आगामी आर्थिक वर्षको बजेट बनाउने प्रक्रियामा रहेको भन्दै आगामी बजेटमा हर्बल तथा जडिबुटी उद्योगलाई दिइरहेको सहुलियतलाई निरन्तरता दिने चर्चा गरे । उनले करको विषयमा उद्योगी व्यवसायीका असहमतिलाई नीतिगत रुपमा समाधान गर्नेगरी बजेट आउने जानकारी दिए ।

विश्वबजारसँग प्रतिष्पर्धा गर्न नेपालको प्राकृतिक सम्पदा र स्रोतमा बढी केन्द्रित वस्तुहरु उत्पादनमा जोड दिनुपर्नेमा उल्लेख गरे । नेपालमा यही क्षेत्रमा रोजगारी सिर्जना गरी नेपाली उत्पादनलाई निर्यात गर्ने वातावरण बनाउनु पर्ने बताए । उनले उद्योग नीतिमा भएका अस्पष्टतालाई सरकारले चाँडै समाधान गर्ने प्रतिवद्धता जनाए ।

उनले भने, ‘उद्योगमैत्री कानुन बनाउने अन्तिम चरणमा पुगेका छौं । त्यो प्रक्रियामा अगाडि बढेका छौं । यही संसद अधिवेशनमा उद्योग मन्त्रालयको तर्फबाट १० वटा कानुन संशोधनको प्रक्रियामा अगाडि बढाएका छौं ।’

सरकारले समयाअनुकुल उद्योग नीति, वाणिज्य नीतिलाई संशोधनगरी ट्रेडका विषयलाई समयाअनुकुल अगाडि बढाउनु पर्ने र करका विषयहरु पनि रहेको उनले चर्चा गरे । नेपालको प्राकृतिक सम्पदा, स्रोतहरुमा बढी केन्द्रित गर्नुपर्ने बताए । बजारलाई प्रोत्साहन हुनेगरी सरकारले केही नयाँ कार्यक्रमहरु ल्याइरहेको पनि उनले चर्चा गरे । स्वदेशी वस्तुलाई प्रोत्साहन गर्न चाँडै कार्यविधि मन्त्रीपरिषद्बाट पास गरेर प्रधानमन्त्री नेपाली अभिवृद्धि कार्यक्रम ल्याउने पनि उनले बताए ।

मन्त्री भण्डारीले बजारलाई प्रोत्साहन हुनेगरी सरकारले केही नयाँ कार्यक्रम ल्याउन लागेको पनि बताए । उनले स्वदेशी वस्तुलाई प्रोत्साहन गर्न प्रधानमन्त्री नेपाली अभिवद्धि कार्यक्रम ल्याउन लागेको जानकारी दिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वीरगञ्ज नाका हुँदै निर्यात दोब्बरले बृद्धि

वीरगञ्ज । वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको सात महिनाको अवधिमा ४० अर्ब ३४ करोड ५९ लाख ७९ हजार

मुग्लिन नारायणगढ सडकको वैकल्पिक मार्ग खुलाउन २ करोड ६९ लाख…

तनहुँ । मुग्लिन–नारायणगढ खण्डको वैकल्पिक सडकको ‘ट्रयाक’ खोल्ने कार्य शुरु भएको छ । हाल सञ्चालनमा रहेको उक्त सडकको वैकल्पिक मार्गका

केराको रेशाबाट उत्पादित सामग्रीको माग बढ्दो

टीकापुर । कैलालीको कैलालीमा केराको थामबाट उत्पादित रेशा र त्यसबाट निर्माण गरिएका हाते सामग्रीको खपत बढ्दै गएको छ । टीकापुर

ट्राफिक प्रहरीद्वारा सवारी जाँचमा कडाइ

बागमती । सवारी दुर्घटना न्यूनीकरण गर्न बागमती प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले चालु आर्थिक २०८१/८२ को सात महिनाको

खाना पकाउने ग्यासबाट सल्किएको आगोले हलेसीका तीन घरमा क्षति

खोटाङ । यहाँको त्रिधार्मिकस्थल हलेसी बजारमा आइतबार साँझ भएको आगलागी करिब चार घण्टा पछि निभाइएको छ । हलेसी तुवाचुङ नगरपालिका–७

पाल्पाको रम्भामा सामुदायिक घरवास सञ्चालन

पाल्पा । पाल्पाको रम्भा गाउँपालिकामा सामुदायिक घरवास सञ्चालनमा आएको छ । यहाँको वडा नं २ फोक्सिङकोटमा पहिलो पटक रानीवास सामुदायिक

Techie IT