Techie IT
२०८१ चैत्र ७, बिहीबार
NepaliPatra logo
गृहपृष्ठनेपाल‘भिक्षुलाई लात्ती हान्ने’ प्रहरीमाथि प्रधान कार्यालयले अघि बढायो विभागीय कारबाही

‘भिक्षुलाई लात्ती हान्ने’ प्रहरीमाथि प्रधान कार्यालयले अघि बढायो विभागीय कारबाही


काठमाडौँ । ‘भिक्षुलाई लात्ती हान्ने’ प्रहरीमाथि नेपाल प्रहरीको प्रधान कार्यालयले विभागीय कारबाही प्रक्रिया अघि बढाएको छ ।

प्रहरी प्रधान कार्यालयले एक सूचना जारी गर्दै भद्रकालीमा शनिबार हिँडिरहेका एक ‘भिक्षुमाथि लात्ती हान्ने’ ती प्रहरीमाथि कारबाही प्रक्रिया अघि बढाइएको जनाएको हो ।

शनिबार राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय क्रान्ति अभियानले राजधानी काठमाडौँमा प्रदर्शन गरेको थियो । बागबजार, पुतलीसडक, भद्रकाली र सिंहदरबार क्षेत्रमा बाक्लो संख्यामा प्रहरी तैनाथ थिए ।

प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडपसमेत भएको थियो । सोही क्रममा बाटोमा यात्रा गरिरहेका दुई जना भिक्षुमाथि पनि प्रहरीले प्रहार गरेका हुन् । बाटोमा हिँडिरहेका उनीहरूलाई प्रहरीले लात्ती हानेको सोही भिडियो समाजिक सञ्जालमार्फत भाइरल भएर चौतर्फी विरोध भएपछि प्रहरीले विभागीय कारबाही प्रक्रिया अघि बढेको सूचना निकालेको हो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

अन्तर्राष्ट्रिय खुसियाली दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ

काठमाडौँ । आज अन्तर्राष्ट्रिय खुसियाली दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्र सङ्घ महासभाले सन् २०१२ जुलाई १२ मा

श्रीकोटको सिल्लेगडा बर्थिङ एकाइमा बेबी वार्मर

बैतडी । दोगडाकेदार गाउँपालिका–३ श्रीकोटस्थित सिल्लेगडा बर्थिङ एकाइमा बेबी वार्मर (नवजात शिशु तापक्रम नियन्त्रक) उपलब्ध गराइएको छ । ज्योती विकास

एसईईको सबै तयारी पूरा

काठमाडाैँ । यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को सबै तयारी पूरा भएको रष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ

बाँदर आतङ्कले बसाइँसराइ बढ्दा बस्ती नै खण्डहर

भोजपुर । बाँदरको समस्याका कारण भोजपुर मानेभञ्याङका स्थानीयले गाउँ छाड्दा बस्ती नै खण्डहरमा परिणत भएको छ । रामप्रसादराई गाउँपालिका–५ पर्ने

नागार्जुनमा घरमा आगलागी हुँदा १५ लाख रुपैयाँ बराबरको क्षति

काठमाडौँ । काठमाडौँको नागार्जुन नगरपालिका–७ गौतम गाउँमा एउटा घरमा आगलागी हुँदा १५ लाख रुपैयाँ बराबरको क्षति भएको छ । स्थानीय

साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

काठमाडौं । साहित्यकार लीलबहादुर क्षेत्रीको ९२ वर्षको उमेरमा निधन भएको छ । भारतको आसामका स्थायी बासिन्दा उनको बिहीबार राति गुवाहाटीमा

Techie IT