पर्वतको जलजलामा मृत अवस्थामा दम्पती फेला
पर्वत । पर्वतको जलजला गाउँपालिका– २ मल्लाजको दहमा एक दम्पती मृत अवस्थामा भेटिएका छन् ।
स्थानीय वर्ष ६९ का सूर्यबहादुर जिसी र उनकी श्रीमती अन्दाजी ६७ वर्षिया कमला जिसी आफ्नै घरभित्र मृत अवस्थामा भेटिएका हुन् । स्थानीयले श्रीमान श्रीमतीनै मृत अवस्थामा देखेपछि जिल्ला प्रहरी कार्यालय पर्वतमा खबर गरेका थिए ।
स्थानीयको खबर पाएलगत्तै जिल्ला प्रहरी कार्यालय पर्वतवाट गएको टोलीले घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरिक्षक खुमलाल भुसालले जानकारी दिए । घटनाको प्रारम्भिक अवस्था हेर्दा शंकास्पद देखिएको र अनुसन्धानपछि मात्र तथ्य बाहिर आउने उनले बताए ।
दम्पतीको शव विहान ९ बजे रगताम्य अवस्थामा भेटिएकोे जलजला गाउँपालिका २ का वडाध्यक्ष प्रकाश जिसीले जानकारी दिए । उनका अनुसार घरमा जिसी दम्पती मात्र बस्दै आएका थिए ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको
काभ्रे । सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर
म्याग्दी । “तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर धमाधम कालोपत्र र ढलान गरिँदैछ । मालढुङ्गा–बेनी सडक स्तरोन्नति
काठमाडौं । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकिएको छ । सगरमाथा प्रदूषण नियन्त्रण
डोटी । डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको
काठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी