Techie IT
२०८२ वैशाख ५, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालतानसेनमा हुरीले रुख ढल्दा एक युवकको मृत्यु

तानसेनमा हुरीले रुख ढल्दा एक युवकको मृत्यु


काठमाडौँ । पाल्पाको तानसेनमा हावाहुरीले ढालेको रुखले लाग्दा स्कुटरमा सवार एक युवकको मृत्यु भएको छ ।

तानसेन नगरपालिका–५ कैलासनगरका १९ वर्षीय भुवन दर्लामीको रुखले च्यापिएर मृत्यु भएको हो ।

पाल्पाका प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठका अनुसार सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा(डुम्रे सडकको जरेपिपल नजिकै शनिबार साँझ उत्तीस र सल्लाको रुख ढलेर लाग्दा लु ८१प ११३६ नम्बरको स्कुटर चालक दर्लामको मृत्यु भएको हो । दर्लामी स्कुटरमा पाल्पाबाट बुटवलतर्फ जाँदै गर्दा ठूलो हावाहुरीमा परेका थिए ।

स्कुटर रोकेर ओतिने क्रममा उनी ढलेको रुखले च्यापिएका हुन् । सोही स्थानमा रोकिराखेको ग १०प ५७२१ नम्बरको स्कुटर र अर्को एउटा मोटरसाइकल पनि ढलेको रुखले च्यपिएका प्रहरीले जनाएको छ । घटनामा अन्य तीन जना यात्रु पनि सामान्य घाइते भएका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चैत्र महिनामा ११ सङ्घीय अस्पतालमा सेवा थप तथा विस्तार

काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको

सर्वोच्चद्वारा पाँचखालका इँटा उद्योग बन्द गर्न आदेश

काभ्रे । सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर

मालढुङ्गा–बेनी सडक धमाधम स्तरोन्नति हुँदै

म्याग्दी । “तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर धमाधम कालोपत्र र ढलान गरिँदैछ । मालढुङ्गा–बेनी सडक स्तरोन्नति

सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकियो

काठमाडौं । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकिएको छ । सगरमाथा प्रदूषण नियन्त्रण

डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु, ७ जना घाइते

डोटी । डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको

काठमाडौं उपत्यकामा वर्षा

काठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी

Techie IT