Techie IT
२०८२ वैशाख ५, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालसुनकोशी–मरिण डाइभर्सन सुरुङ निर्माण एक महिनाभित्र सम्पन्न हुने

सुनकोशी–मरिण डाइभर्सन सुरुङ निर्माण एक महिनाभित्र सम्पन्न हुने


सिन्धुली । सिन्धुलीमा संचालित राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिण डाइभर्सन बहुदेश्यीय आयोजनाको सुरुङ निर्माणको कार्य आगामी एक महिनाभित्र सम्पन्न हुने भएको छ ।

सो आयोजनाअन्तर्गत कुल १३ दशमलव ३ किलोमिटर सुरुङमध्ये १२ दशमलव ५ किलो मिटर सुरुङ निर्माण सम्पन्न भइसकेको छ भने बाँकी ८ सय मिटर सुरुङ निर्माण गर्न बढीमा एक महिनाको अवधि लाग्ने बताइएको छ ।

एक महिनाभित्रमा सुरङ निर्माणको कार्यले ब्रेक थ्रु हुने संकेत देखिएसँगै टनेल वोरिङग मेसिन (टिविएम)को एक्जिट गराउन र सुनकोशी नदीमा बाँधको निर्माण कार्यलाई तिब्रता दिइएको छ ।

आयोजनाका निर्देशक मित्र बरालका अनुसार विगत दुई महिनासम्म भुगर्भभित्रको सुख्खा र लेदो पहिरो खसेर लगातार जाममा परेको सुनकोशी–मरिण डाइभर्सनको टिविएमले पछिल्लो समयमा दैनिक रुपमा ५० मिटरको हाराहारीमा सुरुङ निर्माणको कार्य गरिरहेकाले एक महिनाभित्रमा ८ सय मिटर सुरुङ निर्माण सकेर ब्रेक थ्रो हुने बताए ।

नेपाल सरकारको उर्जा जलश्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेत सो मन्त्रालयका सचिव शुशिलचन्द्र तिवारी, उर्जा जलश्रोत तथा सिँचाइ विभागका निर्देशक चुडाबहादुर ओली लगायतको उच्च स्तरीय टोलीले आयोजनाको अनुगमन, निरीक्षण गरेको छ ।

आयोजनाको सुरुङ् निर्माण गर्ने चिनियाँ ठेकेदार कम्पनी चाईना ओभरसिज इन्जिनियरिङ कम्पनी कोवेकले लक्ष्यभन्दा बढी निर्माणको कार्य गरिरहेको छ भने बाँध निर्माणको कार्यसमेत पटेल रमण जेभीले अघि बढाएको छ ।

सुरुङ निर्माण सम्पन्न हँदै जाँदा आयोजनाको सुनकोशी नदीमा बाँध निर्माणको कार्य पटेल रमण जेभी ठेकेदार कम्पनीबाट अघि बढाइएको छ भने र ३१ मेगावाट विद्युत उत्पादनका निम्ति आवश्यक पुर्वाधार निर्माणका कार्यहरु भइरहेका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चैत्र महिनामा ११ सङ्घीय अस्पतालमा सेवा थप तथा विस्तार

काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको

सर्वोच्चद्वारा पाँचखालका इँटा उद्योग बन्द गर्न आदेश

काभ्रे । सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर

मालढुङ्गा–बेनी सडक धमाधम स्तरोन्नति हुँदै

म्याग्दी । “तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर धमाधम कालोपत्र र ढलान गरिँदैछ । मालढुङ्गा–बेनी सडक स्तरोन्नति

सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकियो

काठमाडौं । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकिएको छ । सगरमाथा प्रदूषण नियन्त्रण

डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु, ७ जना घाइते

डोटी । डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको

काठमाडौं उपत्यकामा वर्षा

काठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी

Techie IT