गृहपृष्ठ ∕
अर्थ ∕
भारतबाट ५ सय ५४ मेगावाट बिजुली आयातका लागि सम्झौता भारतबाट ५ सय ५४ मेगावाट बिजुली आयातका लागि सम्झौता
काठमाडौँ । नेपालले भारतबाट पाँच सय ५४ मेगावाट बिजुली आयातका लागि सम्झौता गरेको छ । नेपाल र भारतबीचको बिजुली आयात सम्झौता तीन महिनाका लागि नवीकरण भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
यही मार्च ३० अर्थात् पर्सि शनिवारदेखि तीन महिनाका लागि भारतको बजारबाट पाँच सय ५४ मेगावाट बिजुली आयात सम्झौता भएको प्राधिकरणका प्रवक्ता एवम् भार प्रेषण केन्द्रका प्रमुख चन्दनकुमार घोषले बताए । उनका अनुसार पाँच सय मेगावाट बिजुली ढल्केबर–मुजफ्फरपुर र ५४ मेगावाट बिजुली टनकपुरतर्फको प्रसारण लाइनमार्फत आयात गरिने छ ।
सुक्खायामका कारण बिजुली उत्पादन घटेकाले थप बिजुली आयात गर्न लागिएको प्रवक्ता घोषले बताउनुभयो । अहिले कुल तीन हजार मेगावाट बिजुली राष्ट्रिय ग्रिडमा जोडिए पनि मुस्किलले १२ सय मेगावाट बिजुली उत्पादन भइरहेको छ ।
नेपालले बर्खायाममा केही मात्रामा बिजुली भारत निर्यात गर्दै आएको भए पनि सुक्खायाममा कम्तीमा ४० प्रतिशत ऊर्जा भारतसँग किन्छ । यसअघि नेपालले भारतीय ऊर्जा बजारबाट बिजुली किन्न पाउने अनुमतिको म्याद सकिन लागेको तर त्यसको नवीकरणमा ढिला भएकाले नेपालमा ऊर्जा सङ्कट उत्पन्न हुन सक्ने चिन्ता व्यक्त भएको थियो ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
बागमती । सवारी दुर्घटना न्यूनीकरण गर्न बागमती प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले चालु आर्थिक २०८१/८२ को सात महिनाको
खोटाङ । यहाँको त्रिधार्मिकस्थल हलेसी बजारमा आइतबार साँझ भएको आगलागी करिब चार घण्टा पछि निभाइएको छ । हलेसी तुवाचुङ नगरपालिका–७
पाल्पा । पाल्पाको रम्भा गाउँपालिकामा सामुदायिक घरवास सञ्चालनमा आएको छ । यहाँको वडा नं २ फोक्सिङकोटमा पहिलो पटक रानीवास सामुदायिक
काठमाडौं । पोखरा भ्रमण वर्ष उद्घाटन गर्ने क्रममा बेलुन फुट्दा जलेर घाइते भएका अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिका प्रमुख
बाग्लुङ । बाग्लुङको भकुण्डेमा बाँसबाट सामग्री बनाउँदै आएका एक वृद्धको जीवनको उत्तरार्द्धमा पुग्दा पहिचानविहीन हुनुभएको छ । बाग्लुङ नगरपालिका–१० भकुण्डेमा
झापा। भूमिसुधार तथा मालपोत कार्यालय झापाले चालु आर्थिक वर्षको सात महिनामा रु ४४ करोड ५७ लाख ३७ हजार चार सय