Techie IT
२०८१ चैत्र ६, बुधबार
NepaliPatra logo
गृहपृष्ठनेपालराष्ट्रिय मुद्दामा मिलेर जाऔंः प्रधानमन्त्री प्रचण्ड

राष्ट्रिय मुद्दामा मिलेर जाऔंः प्रधानमन्त्री प्रचण्ड


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आज बिहान भेटवार्ता भएको छ । प्रचण्डले बोलाएपछि कांग्रेस सभापति देउवा बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।

भेटवार्तामा संक्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई अघि बढाउने, संसद्ला‌ई बिजनेस दिने लगायतका राष्ट्रिय मुद्दाहरूमा छलफल भएको प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । आचार्यका अनुसार राष्ट्रिय मुद्दाहरूमा सबै दल मिलेर अघि बढ्नुपर्ने प्रधानमन्त्री प्रचण्डको प्रस्तावमा देउवा पनि सकारात्मक छन् ।

आचार्यले भने, ‘राष्ट्रिय मुद्दाहरूमा सत्तापक्ष र प्रतिपक्ष नराखौं, मिलेर अघि बढौं भन्ने प्रधानमन्त्री प्रचण्डको आग्रह थियो । खासगरी अदालतबाट समेत आदेश आइसकेको सन्दर्भमा टीआरसीलाई अघि बढाउने, विधेयक अधिवेशनमा त्यति धेरै विधेयकहरू अघि नबढेकाले अब बढाऔं भन्ने लगायतका मुद्दामा प्रधानमन्त्रीले आग्रह गर्नुभयो र त्यसमा देउवाबाट पनि सकारात्मक प्रतिक्रिया आएको छ ।’कांग्रेस सभापति शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाले भेटवार्ताको क्रममा संवैधानिक परिषद् बैठकको विषयमा छलफल भएको बताए ।

‘१८ गते प्रधानमन्त्रीले संवैधानिक परिषद्को बैठक बोलाउनु भएको छ । त्यहीबारेमा कुरा भएको हो,’ देउवाले भने ।प्रमुख प्रतिपक्ष दल कांग्रेसले सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा गृहमन्त्री रवि लामिछानेको समेत नाम मुछिएको विषयमा संसद्‌मा प्रश्न उठाउँदै आएको छ । आजको भेटमा त्यो विषयमा भने छलफल नभएको स्वकीय सचिव देउवाले बताए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

श्रीकोटको सिल्लेगडा बर्थिङ एकाइमा बेबी वार्मर

बैतडी । दोगडाकेदार गाउँपालिका–३ श्रीकोटस्थित सिल्लेगडा बर्थिङ एकाइमा बेबी वार्मर (नवजात शिशु तापक्रम नियन्त्रक) उपलब्ध गराइएको छ । ज्योती विकास

एसईईको सबै तयारी पूरा

काठमाडाैँ । यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को सबै तयारी पूरा भएको रष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ

बाँदर आतङ्कले बसाइँसराइ बढ्दा बस्ती नै खण्डहर

भोजपुर । बाँदरको समस्याका कारण भोजपुर मानेभञ्याङका स्थानीयले गाउँ छाड्दा बस्ती नै खण्डहरमा परिणत भएको छ । रामप्रसादराई गाउँपालिका–५ पर्ने

नागार्जुनमा घरमा आगलागी हुँदा १५ लाख रुपैयाँ बराबरको क्षति

काठमाडौँ । काठमाडौँको नागार्जुन नगरपालिका–७ गौतम गाउँमा एउटा घरमा आगलागी हुँदा १५ लाख रुपैयाँ बराबरको क्षति भएको छ । स्थानीय

साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

काठमाडौं । साहित्यकार लीलबहादुर क्षेत्रीको ९२ वर्षको उमेरमा निधन भएको छ । भारतको आसामका स्थायी बासिन्दा उनको बिहीबार राति गुवाहाटीमा

नमोबुद्धमा ‘श्रमको सम्मान–राष्ट्रको अभियान’ सञ्चालन

काभ्रे । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकामा ‘श्रमको सम्मान–राष्ट्रको अभियान’ सञ्चालन गरिएको छ । नगरले कार्यक्रमअन्तर्गत योजना सञ्चालनपूर्व

Techie IT