गृहपृष्ठ ∕
नेपाल ∕
शव गाडिएको अवस्थामा फेला परेकी युवतीको हत्या गरेको आरोपमा एक युवक पक्राउ शव गाडिएको अवस्थामा फेला परेकी युवतीको हत्या गरेको आरोपमा एक युवक पक्राउ
काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका– ३ स्थित तारेभिर जंगलमा शव गाडिएको अवस्थामा फेला परेकी युवतीको हत्या गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन् । सुष्मा लामाको हत्या गरेको आरोपमा पक्राउ परेका युवकलाई प्रहरीले सार्वजनिक गरेको हो ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले सुस्माको हत्यामा संलग्न रहेको को आरोपमा तारेभिर बस्ने २१ वर्षीय रुपेन्द्र लामालाई सार्वजनिक गरेको हो । तारेभिर घर भई बुढानिलकण्ठ माविमा कक्षा १२ मा पढ्ने सुस्मा गत माघ २२ गते कलेज जान्छु भनेर घरबाट निस्किएपछि सम्पर्कबिहीन भएकी थिइन् ।
उनको परिवारले उनी हराएको भन्दै खोजी गरिदिन बौद्ध प्रहरीमा उजुरी दिएका थिए । खोजीका क्रममागत फागुन २५ गते प्रहरीले गोकर्णेश्वर नगरपालिका वडा नम्बर ३ तारेभीरभन्दा माथि शिवपुरी राष्ट्रिय निकुञ्ज जंगलमा गाडिएको अवस्थामा १८ वर्षीया लामाको शव फेला पारेको थियो ।
शव गाडिएको अवस्थामा जंगलमा गएका स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । लगतै प्रहरीले उनको शव डोरीले बाँधेको अवस्थामा फेला परेको थियो । प्रहरीले उनको हत्या भएको हुन सक्ने आंशका अनुसन्धान सुरु गरेको थियो । प्रहरीका अनुसार प्रेमका कारण हत्या गरिएको अनुसन्धानबाट खुलेको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
बर्दिवास । ३०औँ राष्ट्रिय छन्द दिवसको अवसरमा शिशिर घिमिरे स्मृति प्रतिष्ठानले बहुभाषिक कविता वाचन, स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम
खोटाङ । दश स्थानीय तह रहेको जिल्लाका ९६ प्रतिशत घरपरिवार उपभोक्ताले विद्युत् उपभोग गरेको पाइएको छ । नेपाल विद्युत् प्राधिकरणले
म्याग्दी । धवलागिरि गाउँपालिका–३ मुनाका ७१ वर्षीय खड्कमान पुनको दैनिकी घुम्ती गोठमा बित्ने गरेको छ । परम्परागत रूपमा गाईपालन गर्दै
काठमाडौं । नेपाल शिक्षक महासंघले आन्दोलनलाई अन्तिम र निर्णायक बनाउन सबै शिक्षक तथा विद्यालय कर्मचारीलाई आन्दोलनमा जुट्न आग्रह गरेको छ
काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको
काभ्रे । सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर