Techie IT
२०८१ चैत्र १५, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालठाउँको प्राचीन नाम पुनरुत्थान र प्रचलनमा ल्याउँदै काठमाडौँ महानगरपालिका

ठाउँको प्राचीन नाम पुनरुत्थान र प्रचलनमा ल्याउँदै काठमाडौँ महानगरपालिका


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ठाउँहरूको प्राचीन नाम पुनरुत्थान गरेर प्रचलनमा ल्याउने प्रक्रिया शुरु गरेको छ ।

पहिलो चरणमा धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व भएका टोल, बस्ती, मठमन्दिर, वहाल, वही, धारा, सत्तल, पाटीहरूको प्राचीन नाम खोज्ने, संस्कृतिविद्, पुरातत्त्वविद्, भाषाविद् तथा इतिहासविद्हरूसँग नाम पुष्टि गर्ने काम पूरा गरेको काठमाण्डौ महानगरको सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान सङ्कतले जानकारी दिए ।

महानगरपालिकाको सम्पदा तथा पर्यटन विभागले एकीकृत सहरी विकास केन्द्रसँगको सहकार्यका विभिन्न ठाउँहरूको प्राचीन नाम अध्ययन गरेको हो । सांस्कृतिक सहरको नाम मेटिने गरी ठाउँको नयाँ नामाकरण भएपछि नामबाट झल्किने सहरको सांस्कृतिक, ऐतिहासिक र पुरातात्त्विक पहिचान मेटिँदै गएकोले प्राचीन नाम खोजी गरेको उनले बताए ।

अहिले प्रचलनमा रहेका नाम र प्राचीन नाम फरक हुने भएकोले अब प्राचीन नाम प्रयोगका लागि स्थानीय समुदायसँग अनुरोध गर्ने उनको भनाइ छ ।

अध्ययनका क्रममा ७० वर्षभन्दा बढी उमेरका बासिन्दाले ठाउँको प्राचीन नाम उच्चारण गर्ने गरेको पाएको महानगरपालिकाले जनाएको छ । केही नामहरू अप्रभंश भएका छन् भने केहीको नामहरू नेपालीकरण र अङ्ग्रेजीकरण पनि भएका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

राजस्व चुहावट गरेका दुई कम्पनीविरुद्ध मुद्दा दायर

वीरगञ्ज । पथलैया स्थित राजस्व अनुसन्धान कार्यालयले पाँच करोड सात लाख ९४ हजार ९८२ राजस्व चुहावटको माग दाबीसहित यहाँका दुई

आँखाको उपचारका लागि भारत, बङ्गलादेश र भुटानका बिरामी समेत नेपालमा

काठमाडाैँ । आँखाको उपचारका लागि छिमेकी भारतसहित बङ्गलादेश र भुटानका बिरामी समेत नेपालमा आउने गरेका छन् । आँखाको राम्रो उपचार

काभ्रेका किसानलाई कफी उत्पादन प्रविधि तालिम

काभ्रेपलाञ्चोक । महाभारत गाउँपालिका–५ का कफी उत्पादक किसानलाई उत्पादन र प्रशोधन प्रविधि सम्बन्धी तालिम दिइएको छ । बागमती प्रदेश कृषि

चितवनमा राजस्व सङ्कलन २७ प्रतिशतले वृद्धि

चितवन । आन्तरिक राजस्व कार्यालयले गत आर्थिक वर्षको तुलनामा यो वर्ष २१ दशमलव ४० प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ

प्रधानमन्त्री ओली थाइल्याण्ड भ्रमणमा जाने

काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओली थाइल्याण्ड भ्रमणमा जाने भएका छन् । सोमबार बसेको मन्त्रीपरिषद् बैठक बाट प्रधानमन्त्री ओलीको भ्रमण

रामेछापमा एकीकृत घुम्ती शिविर सम्पन्न

मन्थली । यहाँको रामेछाप नगरपालिका–६ स्थित ओख्रेनीको च्यास्कुमा आइतवार आयोजित एकिकृत घुम्ती शिविरमा ३ सय बढी सेवाग्राहीले सेवा लिएका छन्

Techie IT