गृहपृष्ठ ∕
नेपाल ∕
उदयपुरमा भएको जीप दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या ७ पुग्यो उदयपुरमा भएको जीप दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या ७ पुग्यो
काठमाडौँ । उदयपुरमा भएको जीप दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या ७ पुगेको छ । धरानबाट भोजपुरको घोरेटार जाँदै गरेको जीप दुर्घटनामा परि ज्यान गुमाउनेको सङ्ख्या सात जना पुगेको हो ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार दुर्घटनामा परि एक बच्चा, तीन पुरुष र तीन महिलाको ज्यान गएको छ । को १ ज २५९३ नम्बरको जीप दिउँसो साढे १ बजेतिर उदयपुरको बेलका नगरपालिका–७ बाखाकुवामा दुर्घटना भएको हो ।
दुर्घटनामा परी घाइते भएका सात जनाको अहिले धरानमा रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जीपमा १४ जना सवार थिए । ओरालो सडकमा क्षमताभन्दा बढी यात्रु भएकाले पनि दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
चालक मानबहादुर बस्नेतबाहेक अन्य मृतकको परिचय खुल्न नखुलेको बताए। जीप सडकबाट तल खसेको प्रहरीले जनाएको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडाैँ । चालु आर्थिक वर्षको ९ महिना काम खोज्दै ६ लाख ७ हजारभन्दा धेरै युवा विदेशिएका छन् । वैदेशिक रोजगार
बर्दिवास । ३०औँ राष्ट्रिय छन्द दिवसको अवसरमा शिशिर घिमिरे स्मृति प्रतिष्ठानले बहुभाषिक कविता वाचन, स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम
खोटाङ । दश स्थानीय तह रहेको जिल्लाका ९६ प्रतिशत घरपरिवार उपभोक्ताले विद्युत् उपभोग गरेको पाइएको छ । नेपाल विद्युत् प्राधिकरणले
म्याग्दी । धवलागिरि गाउँपालिका–३ मुनाका ७१ वर्षीय खड्कमान पुनको दैनिकी घुम्ती गोठमा बित्ने गरेको छ । परम्परागत रूपमा गाईपालन गर्दै
काठमाडौं । नेपाल शिक्षक महासंघले आन्दोलनलाई अन्तिम र निर्णायक बनाउन सबै शिक्षक तथा विद्यालय कर्मचारीलाई आन्दोलनमा जुट्न आग्रह गरेको छ
काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको