Techie IT
२०८१ चैत्र ५, मंगलबार
NepaliPatra logo
गृहपृष्ठनेपालघुम्टे युवा परिवारको अधिवेशन अध्यक्षमा साहानी चयन

घुम्टे युवा परिवारको अधिवेशन अध्यक्षमा साहानी चयन


काठमाडौँ । वि. सं. २०४१ सालमा स्थापना भएको सामाजिक संस्था घुम्टे युवा परिवार गलकोट नगरपालिका वडा नं ७ मल्म बागलुङको १६ औँ अधिवेशनबाट जीवन साहानी अध्यक्षमा चयन भएका छन् ।

समितिको उपाध्यक्षमा दिनेश थापा, तुलचन्द्र थापा (खिम), दिनेश थापा जापान, सचिवमा कृष्णा थापा, सह–सचिवमा अमृत थापा र कोषाध्यक्षमा सुवेदार मिन बहादुर थापा चयन भएका छन् ।

समितिको सदस्यमा भुमिराज थापा, टिका साहानी, सुवेदार गंग बहादुर थापा, सरोज थापा, रुद्र बहादुर थापा, किसानकाजी थापा, देबु साहानी, भरत परियार, बाबुराम थापा र दिपक खड्का रहेका छन् ।

वैकल्पिक सदस्यमा अमृता थापा अधिकारी, शिब बहादुर कार्की र अनुपम थापा रहेका छन् ।

निर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका सदस्य हरिदत्त गौतमले बधाई ज्ञापन गरेका थिए ।

अधिवेशनको उद्घाटन गर्दै गलकोट नगरपालिका – ७ का निवर्तमान वडा अध्यक्ष सुवेदार टिकाबहादुर थापाले युवाहरुले समाज रुपान्तरणका लागि महत्वपूर्ण योगदान गर्ने भएको हुदाँ यस संस्थाले विगतमा गरेका सकरात्मक कार्यहरुलाई निरन्तरता दिदै समय सान्दिर्भिक कार्यक्रमका साथ अगाडि बढ्न आग्रह गरे ।

अधिवेशनमा लोक तथा दोहोरी गायक एवं आजीवन सदस्य विष्णु खत्री, वडा सदस्य यानु विश्वकर्मा, संस्थाका पुर्व अध्यक्ष दल बहादुर थापा, सल्लाहकार छुम बहादुर थापाले शुभकामना मन्तव्य राखेका थिए ।

अधिवेशनमा संस्थाका सचिव सावित्री थापाले प्रगति प्रतिवेदन र कोषाध्यक्ष सन्त भण्डारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

१६ औं अधिवेशन तथा ३९ औं वार्षिक साधारण सभा संस्थाका अध्यक्ष थम्मन थापाको अध्यक्षता, उपाध्यक्ष जीवन साहानीको स्वागत र सचिव सावित्री थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

एसईईको सबै तयारी पूरा

काठमाडाैँ । यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को सबै तयारी पूरा भएको रष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ

बाँदर आतङ्कले बसाइँसराइ बढ्दा बस्ती नै खण्डहर

भोजपुर । बाँदरको समस्याका कारण भोजपुर मानेभञ्याङका स्थानीयले गाउँ छाड्दा बस्ती नै खण्डहरमा परिणत भएको छ । रामप्रसादराई गाउँपालिका–५ पर्ने

नागार्जुनमा घरमा आगलागी हुँदा १५ लाख रुपैयाँ बराबरको क्षति

काठमाडौँ । काठमाडौँको नागार्जुन नगरपालिका–७ गौतम गाउँमा एउटा घरमा आगलागी हुँदा १५ लाख रुपैयाँ बराबरको क्षति भएको छ । स्थानीय

साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

काठमाडौं । साहित्यकार लीलबहादुर क्षेत्रीको ९२ वर्षको उमेरमा निधन भएको छ । भारतको आसामका स्थायी बासिन्दा उनको बिहीबार राति गुवाहाटीमा

नमोबुद्धमा ‘श्रमको सम्मान–राष्ट्रको अभियान’ सञ्चालन

काभ्रे । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकामा ‘श्रमको सम्मान–राष्ट्रको अभियान’ सञ्चालन गरिएको छ । नगरले कार्यक्रमअन्तर्गत योजना सञ्चालनपूर्व

हत्या गरेको आरोपमा एक नाबालकसहित पाँच जना पक्राउ

काठमाडौँ । काठमाडौँको गोकर्णेश्वरस्थित एक महिलाको हत्यामा सङ्लग्न भएको आरोपमा प्रहरीले एक नाबालकसहित पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला

Techie IT