Techie IT
२०८२ वैशाख १५, सोमबार
NepaliPatra logo
गृहपृष्ठनेपालअख्तियार नेताहरुलाई चोख्याउने र कर्मचारीलाई थुन्न सक्ने हैसियतमाः राजेन्द्र लिङ्देन

अख्तियार नेताहरुलाई चोख्याउने र कर्मचारीलाई थुन्न सक्ने हैसियतमाः राजेन्द्र लिङ्देन


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग नेताहरुलाई चोख्याउने र कर्मचारीलाई थुन्न सक्ने हैसियतमा देखिएको टिप्पणी गरेका छन् । अख्तियारले दिएको मुद्दामा हालै हालै ललिता निवास जग्गा प्रकरणमा विशेष अदालतले मन्त्रीहरुलाई सफाइ दिएको थियो भने कर्मचारीलाई दोषी ठहर गरेको थियो ।

मंगलबार अख्तियार प्रमुख प्रेमकुमार राई उपस्थित प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको बैठकमा अध्यक्ष लिङ्देनले अहिले कर्मचारीहरु निर्णय गर्न नै डराउन थालेको बताए ।

‘अख्तियार राजनीति क्षेत्रलाई चोख्याउने र कर्मचारीलाई थुन्ने वा तह लगाउनसम्म सक्ने देखिएको छ । यसले के आतंक सिर्जना भएको छ भने अब काम गर्दा कर्मचारी परिन्छ, नेता उम्किने कर्मचारी थुनिने भएपछि हामीले फाइल किन बढाउने भन्ने परेर झन् ठूलो नोक्सानी भएको छ’, उनले भने ।

नेता लिङ्देनले अख्तियारले राजनीतिक दलका नेतालाई कारबाही गर्न के कठिनाइ भएको छ भन्ने प्रश्न पनि गरे । ‘के सहयोग चाहियो, के भएर अख्तियार बन्धक भएर बसेको छ ?’, लिङ्देनले सोधे ।

सामान्य आँखाले देख्दा पनि छोड्नै नमिल्ने विषयमा अख्तियारले राजनीतिक दलका नेताहरुलाई उन्मुक्ति दिइरहेको आफूले पाएको उनले बताए ।

‘प्रधानमन्त्रीज्यूको कार्यकक्षमा पटक पटक भएको छलफल र निर्देशन अनुसार प्रक्रिया अगाडि बढाइएको छ भनेर टिप्पणी उठाइएको छ, अख्तियारले सिफारिस गर्दा प्रधानमन्त्रीलाई छोएको छैन’, लिङ्देनले कुन मुद्दा भन्ने किटान नगरी समिति बैठकमा भने ।

प्रधानमन्त्रीले सचिव र महानिर्देशकलाई बोलाएर दिएको निर्देशनलाई पनि नीतिगत निर्णय भनेर उन्मुक्ति दिएको हो भन्ने उनले प्रश्न गरे ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

विद्युत् आपूर्तिमा समस्या छैन, लोडसेडिङ पनि हुँदैन : प्राधिकरण

काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरणले विद्युत आपूर्तिमा कुनै समस्या नरहेको र लोडसेडिङ पनि नहुने स्पष्ट पारेको छ । प्राधिकरणले विज्ञप्ति

तरबूजा खेती गरेरै जीविका चलाउँछिन् बन्धु चौधरी

कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका बन्धु चौधरीले स्याली नदी बगरमा उत्पादित तरबूजा बिक्री गरेरै जीविका चलाउँदै आएकी छिन् ।

अभिभावकको दबाबले खुल्न थाले इलामका सामुदायिक विद्यालय

इलाम । शिक्षकहरुको आन्दोलनका कारण बन्द भएका यहाँका सामुदायिक विद्यालय अभिभावकको दबाबपछि खुल्न थालेका छन् । अभिभावकले विद्यार्थीको भविष्य अन्धकार

बङ्गुर पालेर स्वरोजगार र आत्मनिर्भर

म्याग्दी । बङ्गुरपालन गरेका म्याग्दीका एक युवाले निरन्तर मेहनत गर्ने हो भने देशमै स्वरोजगार र आत्मनिर्भर बन्न सकिने सन्देश दिएका

भूकम्पको दशक: भत्किएका संरचना अझै अधुरा

काठमाडौं । विसं २०७२ को विनाशकारी भूकम्पका कारण हरेक वर्षको वैशाख १२ गतेले नेपालीलाई झस्काइरहन्छ । त्यो कम्पनले लाखौँ सपनाहरू

श्रीमतीको हत्या गरी फरार भएका श्रीमान पक्राउ

काठमाडौं। काठमाडौंको शंखरापुर नगरपालिका–९ सानागाउँमा श्रीमती र छोरा–छोरीमाथि खुकुरी प्रहार गरेर फरार भएका पदमबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

Techie IT