Techie IT
२०८२ वैशाख ६, शनिबार
NepaliPatra logo
गृहपृष्ठनेपालभ्रष्टाचारको डिल नेपालबाहिर गएर हुन थालेको छ: अख्तियार प्रमुख राई

भ्रष्टाचारको डिल नेपालबाहिर गएर हुन थालेको छ: अख्तियार प्रमुख राई


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले नेपालभित्रको भ्रष्टाचारको कारोबार पनि विदेशमा हुने गरेको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले विदेशमा हुने भ्रष्टाचारको कारोबारको सूचना पाउन धेरै मुश्किल भएको बताए ।

‘करप्सनको क्षेत्र नेपालभित्र होइन बाहिर गएर डिलिङ हुन थालेको छ, ती देशबाट सूचना प्राप्त गर्न समस्या छ’, उनले भने ।

नेपालले अरु देशहरुसँग पारस्परिक कानुनी सहायतासम्बन्धी द्विपक्षीय समझदारी नगरेकाले अहिले ती देशका निकायहरुले सूचना दिन अस्वीकार गरेको प्रमुख आयुक्त राईले बताए । नेपाल एयरलाइन्सको वाइडबडी विमान खरिदसम्बन्धी कतिपय सूचनाहरु अरु देशका निकायहरुसँग लिनुपर्ने देखिएको तर पारस्परिक कानुनी सहायतासम्बन्धी समझदारी नहुँदा लिन नसकेको उनको भनाइ छ ।

‘वाइवडबडी खरिदको सम्वन्धमा अनुसन्धान गरिरहेका छौं, करिब करिब अन्तिम चरणमा पुर्‍याएका छौं । अनुसन्धानकै विषय भएकाले त्यो भन्दा बढी भन्दिन’, उनले भने, ‘राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रबाट सूचना संकलन गर्नुपर्ने अवस्था हो । तर अन्तर्राष्ट्रिय क्षेत्रबाट सूचना ल्याउन धेरै कठिनाइ छ ।’

प्रमुख आयुक्त राईका अनुसार धेरै निकायमा सूचना लिन पत्राचार गरे पनि देशहरुबीच द्विपक्षीय समझदारी नभएको कारण देखाएर सूचना दिन अस्वीकार गरेका छन् ।

‘नेपाल सरकारले चाँडो भन्दा चाँडो हामीलाई आवश्यक पर्ने देशसँग बाइल्याटरल एग्रिमेन्ट गर्नुपर्छ, त्यो गरिसकेपछि संसदबाट अनुमोदन गरिनुपर्छ । अहिलेसम्म एउटा देशसँग बाइल्याटरल एग्रिमेन्ट भएको होला त्यो पनि संसदबाट अनुमोदन भएको छैन’, उनले भने ।

पारस्परिक कानुनी सहायतासम्बन्धी द्वीपक्षीय समझदारी गर्न सरकारलाई संसदीय समितिले निर्देशन दिनुपर्ने प्रमुख आयुक्त राईले बताए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चैत्र महिनामा ११ सङ्घीय अस्पतालमा सेवा थप तथा विस्तार

काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको

सर्वोच्चद्वारा पाँचखालका इँटा उद्योग बन्द गर्न आदेश

काभ्रे । सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर

मालढुङ्गा–बेनी सडक धमाधम स्तरोन्नति हुँदै

म्याग्दी । “तेह्र किलोमिटर लामो मालढुङ्गा–बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर धमाधम कालोपत्र र ढलान गरिँदैछ । मालढुङ्गा–बेनी सडक स्तरोन्नति

सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकियो

काठमाडौं । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सकिएको छ । सगरमाथा प्रदूषण नियन्त्रण

डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु, ७ जना घाइते

डोटी । डोटीमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । हुरी, असिनापानीसँगै परेको

काठमाडौं उपत्यकामा वर्षा

काठमाडौं । हाल काठमाडौं उपत्यकामा सामान्य वर्षा भएकाे छ । आज मध्याह्नका साथै अपराह्न र राति पनि सामान्य रुपमा पानी

Techie IT