गृहपृष्ठ ∕
नेपाल ∕
टेरामक्स मुद्दा छिट्टै विशेष अदालत लाने अख्तियारको तयारी टेरामक्स मुद्दा छिट्टै विशेष अदालत लाने अख्तियारको तयारी
काठमाडौँ । टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम अर्थात् टेरामक्स सम्बन्धी मुद्दा छिट्टै विशेष अदालतमा दर्ता हुने भएको छ ।
प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिको मंगलबारको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले टेरामक्स प्रकरणमा छिटै टुंगोमा पुग्ने जानकारी दिए ।
यो प्रकरणमा जोडिएकाहरुको बयान लिने काम सकिएको उनले समितिलाई जानकारी गराए । राईका अनुसार, सुरक्षण मुद्रण केन्द्रअन्तर्गत सेक्युरिटी प्रेस खरिद योजनाको टेप प्रकरणको पनि आयोगले अनुसन्धान गरिरहेको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले टेरामक्स खरिद एवं जडान गर्ने योजना अघि सारेपछि यो योजनामा अनियमितता भएको भन्दै संसदीय समितिले समेत सिफारिस गरेपछि आयोगले अनुसन्धानलाई टुंग्याउने गरी काम गरेको हो ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडाैँ । यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को सबै तयारी पूरा भएको रष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ
भोजपुर । बाँदरको समस्याका कारण भोजपुर मानेभञ्याङका स्थानीयले गाउँ छाड्दा बस्ती नै खण्डहरमा परिणत भएको छ । रामप्रसादराई गाउँपालिका–५ पर्ने
काठमाडौँ । काठमाडौँको नागार्जुन नगरपालिका–७ गौतम गाउँमा एउटा घरमा आगलागी हुँदा १५ लाख रुपैयाँ बराबरको क्षति भएको छ । स्थानीय
काठमाडौं । साहित्यकार लीलबहादुर क्षेत्रीको ९२ वर्षको उमेरमा निधन भएको छ । भारतको आसामका स्थायी बासिन्दा उनको बिहीबार राति गुवाहाटीमा
काभ्रे । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकामा ‘श्रमको सम्मान–राष्ट्रको अभियान’ सञ्चालन गरिएको छ । नगरले कार्यक्रमअन्तर्गत योजना सञ्चालनपूर्व
काठमाडौँ । काठमाडौँको गोकर्णेश्वरस्थित एक महिलाको हत्यामा सङ्लग्न भएको आरोपमा प्रहरीले एक नाबालकसहित पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला