Techie IT
२०८१ फागुन ८, बिहीबार
NepaliPatra logo
गृहपृष्ठनेपालबालकुमारी घटनालगायत प्रश्नको जवाफ दिन सभामुखको ध्यानाकर्षण

बालकुमारी घटनालगायत प्रश्नको जवाफ दिन सभामुखको ध्यानाकर्षण


काठमाडौँ । सभामुख देवराज घिमिरेले संसद्‌मा उठाइएको बालकुमारी घटनालगायत प्रश्नको जवाफ आउँदो बैठकमा दिन सरकारको ध्यानाकर्षण गराएका छन् ।

सभामुखको ध्यानाकर्षणसँगै सोमबार यसअघि १५ मिनेट स्थगन गरिएको प्रतिनिधिसभा बैठक सञ्चालन भएको छ । विभिन्न माग गर्दै यसअघि प्रमुख प्रतिपक्ष नेकपा एमालेसहित अरू विपक्षी दलले विरोध गरेका थिए । उनीहरूले सरकारको जवाफ र विवादित मन्त्रीको राजीनामा माग गरेका थिए । उनीहरूले विरोध गरेपछि बैठक १५ मिनेटका निम्ति स्थगन गरिएको थियो ।

आउँदो बैठकमा जवाफ दिन सरकारको ध्यानाकर्षण गराउने र कार्यसूचीमा रहेको व्यवस्थापन कार्यअन्तर्गत स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले राष्ट्रियसभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० प्रस्तुत नगर्ने सहमति भएपछि बैठक सञ्चालन गर्न एमाले सहमत भएको हो ।

बैठक सञ्चालनपश्चात् सभामुख घिमिरेले कार्यसूचीअन्तर्गत रहेको तीन नम्बरको विषय हटाइएको जानकारी दिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

ट्राफिक प्रहरीद्वारा सवारी जाँचमा कडाइ

बागमती । सवारी दुर्घटना न्यूनीकरण गर्न बागमती प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले चालु आर्थिक २०८१/८२ को सात महिनाको

खाना पकाउने ग्यासबाट सल्किएको आगोले हलेसीका तीन घरमा क्षति

खोटाङ । यहाँको त्रिधार्मिकस्थल हलेसी बजारमा आइतबार साँझ भएको आगलागी करिब चार घण्टा पछि निभाइएको छ । हलेसी तुवाचुङ नगरपालिका–७

पाल्पाको रम्भामा सामुदायिक घरवास सञ्चालन

पाल्पा । पाल्पाको रम्भा गाउँपालिकामा सामुदायिक घरवास सञ्चालनमा आएको छ । यहाँको वडा नं २ फोक्सिङकोटमा पहिलो पटक रानीवास सामुदायिक

अर्थमन्त्री पौडेल र पोखराका मेयर आचार्यको बर्न अस्पतालमा उपचार, दुबैजना…

काठमाडौं । पोखरा भ्रमण वर्ष उद्घाटन गर्ने क्रममा बेलुन फुट्दा जलेर घाइते भएका अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिका प्रमुख

पहिचानको पर्खाइमा ‘धान्द्रुके बाजे’

बाग्लुङ । बाग्लुङको भकुण्डेमा बाँसबाट सामग्री बनाउँदै आएका एक वृद्धको जीवनको उत्तरार्द्धमा पुग्दा पहिचानविहीन हुनुभएको छ । बाग्लुङ नगरपालिका–१० भकुण्डेमा

मुग्लिन सडकखण्डको सेतीदोभान पुल बाट बस खस्दा २३ जना घाइते

भरतपुर । नेपालगञ्ज बाट काठमाडौं जाँदै गरेको लु प्र ०३–००१ ख ००७७ नम्बरको बस आज (आइतबार) बिहान ४ः३० बजे नारायणगढ–मुग्लिन

Techie IT