Techie IT
२०८२ वैशाख ७, आईतबार
NepaliPatra logo
गृहपृष्ठनेपालअबको नीति, कार्यक्रम र बजेटमा मधेशलाई विशेष व्यवस्था हुन्छः प्रधानमन्त्री दाहाल

अबको नीति, कार्यक्रम र बजेटमा मधेशलाई विशेष व्यवस्था हुन्छः प्रधानमन्त्री दाहाल


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा मधेशका लागि विशेष व्यवस्था गर्ने बताएका छन् ।

शनिबार धनुषा जिल्ला सबैला नगरपालिका वडा नम्बर ४ र सिरहा जिल्ला कल्याणपुर नगरपालिका वडा नम्बर ५ जोडने कमला नदी पुल निर्माण कार्यको शिलान्यास गर्दै उनले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री दाहालले मधेशमा विकास, निर्माणको काममा गति ल्याउन आफैँ सो पुलको शिलान्यास कार्यक्रममा उपस्थित भएको पनि बताए । मधेश र मधेशी जनताको समृद्धि नभई मुलुकको समृद्धि नहुने उल्लेख गर्दै प्रधानमन्त्री दाहालले त्यसका लागि आफूले सक्दो सहयोग गर्ने आश्वासन समेत दिए ।

त्यस अवसरमा उनले मधेशबाट चुनाव लडेर दोस्रो पटक प्रधानमन्त्री भई आफूले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान कार्यान्वयन गर्ने अवसर प्राप्त गरेकोमा गर्व लाग्ने गरेको पनि बताए । प्रधानमन्त्री दाहालले मधेबमा कृषि क्षेत्रको विकासका लागि आवश्यक सिंचाई, बीउबिजन, मल आदिको आवश्यक व्यवस्था गर्न सरकार प्रतिवद्ध रहेको बताए ।

प्रधानमन्त्री दाहालले सो पुलको निर्माण कार्यमा ढिलाई नगर्न पनि ठेकेदार कम्पनीलाई निर्देशन दिए । सो पुलको निर्माण कार्यमा निगरानी राख्न पनि उनले स्थानीय सरकारलाई समेत आग्रह गरेका थिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

शिशिर स्मृति सम्मान डा. सुमन कर्माचार्यलाई

बर्दिवास । ३०औँ राष्ट्रिय छन्द दिवसको अवसरमा शिशिर घिमिरे स्मृति प्रतिष्ठानले बहुभाषिक कविता वाचन, स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम

विद्युत् सेवा पटक पटक अवरुद्ध हुँदा उपभोक्ता समस्यामा

खोटाङ । दश स्थानीय तह रहेको जिल्लाका ९६ प्रतिशत घरपरिवार उपभोक्ताले विद्युत् उपभोग गरेको पाइएको छ । नेपाल विद्युत् प्राधिकरणले

गाउँका बूढापाकाले मात्र धानेका घुम्ती गोठको परम्परा

म्याग्दी । धवलागिरि गाउँपालिका–३ मुनाका ७१ वर्षीय खड्कमान पुनको दैनिकी घुम्ती गोठमा बित्ने गरेको छ । परम्परागत रूपमा गाईपालन गर्दै

सरकारलाई दबाब दिन विद्यालय बन्द गर्न शिक्षक महासंघको आग्रह

काठमाडौं । नेपाल शिक्षक महासंघले आन्दोलनलाई अन्तिम र निर्णायक बनाउन सबै शिक्षक तथा विद्यालय कर्मचारीलाई आन्दोलनमा जुट्न आग्रह गरेको छ

चैत्र महिनामा ११ सङ्घीय अस्पतालमा सेवा थप तथा विस्तार

काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको

सर्वोच्चद्वारा पाँचखालका इँटा उद्योग बन्द गर्न आदेश

काभ्रे । सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर

Techie IT