Techie IT
२०८२ वैशाख ११, बिहीबार
NepaliPatra logo
गृहपृष्ठनेपालप्रधानमन्त्रीले उपकुलपतिमा भागवण्डा पनि नभई एकलौटी गरेको ओलीको टिप्पणी

प्रधानमन्त्रीले उपकुलपतिमा भागवण्डा पनि नभई एकलौटी गरेको ओलीको टिप्पणी


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असफल सिद्ध भइसकेको व्यक्ति त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्त हुनसक्ने बताएका छन् । सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले प्रधानमन्त्रीले उपकुलपतिमा भागवण्डा पनि नभई एकलौटी गरेको टिप्पणी गरे ।

‘एउटा समिति बनाउने छानबिन गर्ने यताउती गर्ने असफल सिद्ध भइसकेका मानिसहरुको छनोट गर्ने । अहिले ३ जना सिफारिस भएको छ क्यारे, तीन जनामा पनि तेस्रोचाहिँ नियुक्त होला जस्तो लाग्छ छाँटकाँट हेर्दा’ ओलीले भने ।

उनले अगाडि भने, ‘किनभने अलि बढ्तै असफल मान्छे चाहियो नि । त्यसो भएर तृतीय नम्बरको नियुक्त हुनुहोला कि जस्तो लाग्छ ।’

त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोटका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिक्षामन्त्री अशोक राईको नेतृत्वमा सिफारिस समिति बनाएका थिए ।

सिफारिस समितिले चित्रबहादुर बुढाथोकी, केशरजंग बराल र टंकनाथ धमलाको नाम प्रधानमन्त्रीलाई सिफारिस गरेको छ । धमलाको नाम तेस्रो नम्बरमा छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

श्रीमतीको हत्या गरी फरार भएका श्रीमान पक्राउ

काठमाडौं। काठमाडौंको शंखरापुर नगरपालिका–९ सानागाउँमा श्रीमती र छोरा–छोरीमाथि खुकुरी प्रहार गरेर फरार भएका पदमबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल र भारतबीच ऊर्जा विकासका सम्झौतामा हस्ताक्षर

काठमाडौं । नेपाल र भारतबीच विद्युत् आदानप्रदानका लागि अत्यावश्यक रहँदै आएका दुई प्रसारण लाइन निर्माण गर्न संयुक्त कम्पनी स्थापनाका लागि

९ महिनामा ६ लाख ७ हजारभन्दा धेरै युवा कामको लागि…

काठमाडाैँ । चालु आर्थिक वर्षको ९ महिना काम खोज्दै ६ लाख ७ हजारभन्दा धेरै युवा विदेशिएका छन् । वैदेशिक रोजगार

शिशिर स्मृति सम्मान डा. सुमन कर्माचार्यलाई

बर्दिवास । ३०औँ राष्ट्रिय छन्द दिवसको अवसरमा शिशिर घिमिरे स्मृति प्रतिष्ठानले बहुभाषिक कविता वाचन, स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम

विद्युत् सेवा पटक पटक अवरुद्ध हुँदा उपभोक्ता समस्यामा

खोटाङ । दश स्थानीय तह रहेको जिल्लाका ९६ प्रतिशत घरपरिवार उपभोक्ताले विद्युत् उपभोग गरेको पाइएको छ । नेपाल विद्युत् प्राधिकरणले

गाउँका बूढापाकाले मात्र धानेका घुम्ती गोठको परम्परा

म्याग्दी । धवलागिरि गाउँपालिका–३ मुनाका ७१ वर्षीय खड्कमान पुनको दैनिकी घुम्ती गोठमा बित्ने गरेको छ । परम्परागत रूपमा गाईपालन गर्दै

Techie IT