Techie IT
२०८१ पुस ११, बिहीबार
NepaliPatra logo
गृहपृष्ठनेपालसंघीयताले सिर्जना गरेको सम्भावनालाई अवसरमा बदलौं: प्रधानमन्त्री प्रचण्ड

संघीयताले सिर्जना गरेको सम्भावनालाई अवसरमा बदलौं: प्रधानमन्त्री प्रचण्ड


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय लोकतान्त्रिक प्रणालीले सिर्जना गरेका अथाह सम्भावनालाई अवसरमा बदल्नुपर्ने बताएका छन् । प्रजातन्त्र दिवसको औपचारिक समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले गणतन्त्रको रक्षा र सुदृढीकरणसहित समाजवादको बलियो आधार खडा गर्नुपर्नेमा जोड दिए ।

सन् २०३० सम्म नेपाललाई अतिकम विकसित राष्ट्रबाट स्तरोन्नतिसहित विकासोन्मुख राष्ट्रको रूपमा स्थापित गर्नुपर्ने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले कुल गार्हस्थ उत्पादनमा गुणात्मक विकास गर्ने राष्ट्रको जिम्मेवारी रहेको बताए ।

‘परम्परागत विकासको मोडेल पुनरावलोकन गरी उत्पादन र रोजगारी सिर्जनामा केन्द्रित हुनुछ,’ प्रधानमन्त्रीले भने, ‘रोजगारीका अवसरहरू सिर्जना गरी बौद्धिक पलायन रोक्नुछ । युवाहरूमा आशाको रक्तसञ्चार भर्नु छ । नेपाललाई गरिबीको दुष्चक्रबाट बाहिर निकाल्नुछ ।’

प्रजातन्त्र लोकहित अभिवृद्धि गरी राजनीतिक, आर्थिक, सामाजिक एवं सांस्कृतिक विकासको आधार तयार गर्ने व्यवस्था भएको बताउँदै प्रधानमन्त्री प्रचण्डले जनताले आफूलाई शासन गर्ने प्रतिनिधि आफैं चयन गरेर पठाउने प्रजातान्त्रिक प्रणालीले राज्यमा अग्रगामी प्रगति र उन्नतिको आधार सिर्जना गर्ने विश्वास व्यक्त गरे ।

लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र मात्रै हुने भएकाले यस व्यवस्थामा देखिएका सीमा र कमजोरीको समाधान समेत यही व्यवस्थाभित्र मात्रै सम्भव रहने उनले उल्लेख गरे ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

म्याग्दीको बुक्लामा ट्रिपर दुर्घटना हुँदा दुईजनाको मृत्यु

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ बुक्लमा आज ट्रिपर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । निर्माणधीन राहुघाट जलविद्युत् आयोजनाको अडिट

मालारानीका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण

अर्घाखाँची । न्यानो कपडा अर्घाखाँचीको मालारानीका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । मालारानी गाउँपालिका वडा नम्वर

सिरहाको ज.मा.बि मा बिद्यार्थी र प्रहरीबीच झडप

सिरहा । सिरहाको सिरहाको बिष्णुपुर स्थित ज.मा.बि मा बिद्यार्थी र प्रहरीबीच झडप भएको छ । गौरीपुर १मा रहेको सो बिद्यालयका

राष्ट्रिय ज्येष्ठ नागरिक दिवस विभिन्न कार्यक्रमका साथ मनाइदै

काठमाडौँ । राष्ट्रिय ज्येष्ठ नागरिक दिवस आज विभिन्न कार्यक्रमका साथ मनाइदै छ । २०५१ साल पुस ११ गते ज्येष्ठ नागरिकलाई

धनुषामा एक महिलाको हत्या, गाडेको अवस्थामा शव बरामद

जनकपुरधाम । धनुषामा एक महिलाको हत्या भएको छ । धनुषाको मिथिला नगरपालिका– ३ हरिहरपुरकी करिब ५० वर्षीया रेशमी देवी बिनको

जाजरकोट केन्द्रबिन्दु बनाएर बिहानै भूकम्प

काठमाडाैँ । जाजरकोट केन्द्रबिन्दु भएर आज (बिहीबार) बिहानै भूकम्प गएको छ। जाजरकोटको नायकवाडा आसपास केन्द्र बनाएर बिहान ६ बजेर ३३

Techie IT