Techie IT
२०८१ पुस १०, बुधबार
NepaliPatra logo
गृहपृष्ठनेपालप्रधानमन्त्रीसँग सम्बन्ध बिग्रिएको छैनः अर्थमन्त्री महत

प्रधानमन्त्रीसँग सम्बन्ध बिग्रिएको छैनः अर्थमन्त्री महत


काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आफ्नै कुनै विवाद नभएको बताएका छन् ।

शुक्रबार आर्थिक वर्ष २०८०/०८१ को अर्धवार्षिक मूल्यांकन प्रतिवेदन सार्वजनिकको विषयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री महतले मिडियामा आएजस्तो प्रधानमन्त्रीसँग कुनै तिक्तता नभएको स्पष्ट पारेका हुन् ।

‘प्रधानमन्त्री र अर्थमन्त्रीबीच कुरा मिल्या छैन । उहाँलाई कुनै जानकारी नदिइनकन बजेट कटौती गरियो ।’ उनले भने, ‘भन्याजस्तो न कटौती गर्‍याछ न उहाँसँग कुनै विवाद छ । हामीले सँगै अर्धवार्षिक प्रतिवेदनमा समीक्षा गर्‍यौं । आउने दिनमा यस्तो सिनारियो छ भनेर भनेकै छ । हाम्रो निरन्तर संवाद छ ।’

मन्त्री महतले आर्थिक वर्षको बजेट कटौती नगरेको बताए । उनले अर्थमन्त्रालयले प्रधानमन्त्रीसँगको छलफल र निर्देशनअनुसार काम गरिरहेको दावी गरे ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

संविधान संशोधन भोलिको पर्सि हुने कुरा होइन: गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले केही दिनभित्रै संयन्त्र बनाएर संविधान संशोधनको पहल सुरु गर्ने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित

रवि लामिछाने राज्य व्यवस्था समिति सदस्यबाट पनि निलम्बित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने राज्य व्यवस्था समिति सदस्यबाट पनि निलम्बित भएका छन् । लामिछाने

ट्रक दुर्घटनामा २ जनाको मृत्यु

तनहुँ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–१ आँधीखोलामा आज (मंगलबार) बिहान इँटा बोकेको ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु भएको

वाइडबडी खरिदमा नेपालका अधिकारीहरूलाई घुस दिएको ठहर भए पछि अमेरिकी…

काठमाडौं । अमेरिकाले नेपाल बायुसेवा निगमका लागि दुई वटा वाइडबडी जहाज खरिद प्रक्रियाका लागि नेपालका अधिकारीहरुलाई घुस दिएको प्रमाणित भएपछि

एनपीएलको फाइनल खेलमा समर्थकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेलपछि समर्थकमाथि कुटपिट तथा अभद्र व्यवहार गर्ने दुई जना पक्राउ परेका छन् ।

राष्ट्रपति समक्ष पाँच राजदूतको शपथ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज विभिन्न देशका लागि नवनियुक्त राजदूतहरुलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । राष्ट्रपति कार्यालयमा

Techie IT