Techie IT
२०८१ माघ ७, सोमबार
NepaliPatra logo
गृहपृष्ठनेपालदसरा मेला हेरेर फर्कने क्रममा भिरबाट लडेर मृत्युु

दसरा मेला हेरेर फर्कने क्रममा भिरबाट लडेर मृत्युु


सिमकोट । हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिका–१ मा भिरबाट लडेर २४ वर्षीय गौरीलाल दानीको मृत्यु भएको छ ।

आइतबार दिउँसो कल्खे गाउँमा दसरा मेला हेरेर दोमुख फर्कने क्रममा लौठारुख भिरबाट लडेर अदानचुली –१ कल्खे गाउँका दानीको मृत्युु भएको श्रीनगर प्रहरीचौकीका सहायक प्रहरी निरीक्षक कृष्णबहादुर बुढाले बताए ।

कल्खेबाट फर्केको व्यक्ति राति अबेरसम्म दोमुखको होटलमा नपुगेपछि परिवारका अन्य सदस्यले दानीको सोधखोज गरेका थिए ।

सोमबार बिहानै खोजीमा जाने क्रममा दानी मृतावस्थामा दोमुख नजिक भेटिएको स्थानीय परबहादुर थापाले बताए ।

दानीले दोमुखमा होटल सञ्चालन गर्दै आएका थिए । दसरा पूर्णिमाको दिन कल्खे गाउँमा देउडा गीत प्रतियोगिता आयोजना गरिएको थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

विश्वविद्यालयमा तालाबन्दी र हडताल नगर्न शिक्षा मन्त्रालयको आग्रह

काठमाडाैँ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विश्वविद्यालयहरूमा तालाबन्दी, बन्द र हडताल नगर्न आग्रह गरेको छ । मन्त्रालयले विज्ञप्ति निकालेर

चन्द्रागिरि नगरपालिकाद्वारा ‘बहुप्राविधिक शिक्षालय’ सञ्चालन

काठमाडौं । चन्द्रागिरि नगरपालिकाले सामुदायिक विद्यालयमा ‘बहुप्राविधिक शिक्षालय’ सञ्चालन गर्न शुरुआत गरेको छ । ‘पढ्दै कमाउँदै’ अवधारणा एवं विद्यार्थीलाई माध्यामिक

काठमाडौँबाट अपहरणमा परेका एक जना चिनियाँ नागरिकको उद्धार, चार जना…

काठमाडाैँ । काठमाडाैँकाे ठमेलबाट अपहरणमा परेका एक जना चिनियाँ नागरिकलाई प्रहरीले उद्धार गरेको छ । चिनियाँ नागरिकलाई अपहरण गरी लैजाँदै

बिरामीको रेफरमा अस्पताललाई जिम्मेवार बनाउने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा…

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आकस्मिक तथा भर्ना भएका बिरामी रेफर गर्दा पहिलो स्वास्थ्य संस्थालाई जिम्मेवार बनाउने गरी बिरामी

रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाउन आदेश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा.) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई काठमाडौं जिल्ला अदालतले प्रहरीको जिम्मा लगाउन आदेश

अध्यादेश मार्फत कानुन बनाउनु गलत: कांग्रेस नेता साउद

रुपन्देही । नेपाली कांग्रेसका नेता एनपी साउदले दुईतिहाइ बहुमतको सरकारले अध्यादेशमार्फत कानुन बनाउनु सकारात्मक नभएको बताएका छन् । आज रुपन्देहीको

Techie IT