Techie IT
२०८२ वैशाख ७, आईतबार
NepaliPatra logo
गृहपृष्ठनेपालतनहुँः गर्मी बढेपछि पाँचदिन विद्यालय बन्द

तनहुँः गर्मी बढेपछि पाँचदिन विद्यालय बन्द


तनहुँ । अत्याधिक गर्मी बढेपछि तनहुँको देवघाटका विद्यालय सोमबारदेखि पाँच दिन बन्द भएका छन् । देवघाट गाउँपालिकाले सोमबारदेखि वडा नं १ र ५ का सबै विद्यालय पाँच दिन बन्द गर्ने निर्णय गरेको हो ।

केही दिनदेखि अत्यधिक गर्मीका कारण विद्यालयमा शैक्षिक क्रियाकलाप सञ्चालन गर्न कठिनाइ भइरहेको गुनासो आएका कारण उक्त दुई वडाका विद्यालयमा शैक्षिकसत्र २०८० को वर्षे बिदाबाट कट्टा हुनेगरी विद्यालय बन्द गर्ने निर्णय गरिएको देवघाट गाउँपालिका शिक्षा शाखा प्रमुख होमनाथ लामिछानेले जानकारी दिए ।

अन्य वडामा भने चिसो ठाउँ भएकाले विद्यालय बन्द गर्नु नपरेको उहाँले बताउनुभयो । अत्यधिक गर्मी बढेपछि जिल्लाका विभिन्न पालिकाले विद्यालयमा बिदा दिएका छन् ।

व्यास नगरपालिका–५ स्थित परासर माध्यमिक विद्यालयले आजदेखि गर्मी बिदा दिएको छ । व्यास नगरपालिकाको जेठ १९ गतेको निर्णयअनुसार गर्मी बढेकाले २६ गतेसम्म बिदा दिइएको विद्यालयका प्रधानाध्यापक रामदत्त पौडेलले जानकारी दिनुभयो ।

गर्मी बढी नै भएको तथा विद्यालयमा सुख्खा मौसमका कारण खानेपानीको अभावसँगै पठनपाठनमा असजिलो भएकाले विद्यालय व्यवस्थापन समितिको आइतबारको निर्णयअनुसार बर्खे बिदाबाट कट्टी हुनेगरी बिदा दिइएको उनले बताए ।

व्यास नगरपालिकाले बर्खे बिदाबाट कट्टा हुनेगरी विद्यालय व्यवस्थापन समितिको निर्णय गराई बिदा दिनसक्ने निर्णय गरेको नगरपालिकाका शिक्षा अधिकृत नवीन पराजुलीले जानकारी दिए ।

बिदाका क्रममा स्वअध्ययन गर्न, सिकाइ बोझ नहुने गरी गृहकार्य दिन, सिर्जनशील सिकाइ क्रियाकलाप दिन र दिउँसोको समयमा घर बाहिर नजान सुझाव दिन अनुरोध गरिएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

शिशिर स्मृति सम्मान डा. सुमन कर्माचार्यलाई

बर्दिवास । ३०औँ राष्ट्रिय छन्द दिवसको अवसरमा शिशिर घिमिरे स्मृति प्रतिष्ठानले बहुभाषिक कविता वाचन, स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम

विद्युत् सेवा पटक पटक अवरुद्ध हुँदा उपभोक्ता समस्यामा

खोटाङ । दश स्थानीय तह रहेको जिल्लाका ९६ प्रतिशत घरपरिवार उपभोक्ताले विद्युत् उपभोग गरेको पाइएको छ । नेपाल विद्युत् प्राधिकरणले

गाउँका बूढापाकाले मात्र धानेका घुम्ती गोठको परम्परा

म्याग्दी । धवलागिरि गाउँपालिका–३ मुनाका ७१ वर्षीय खड्कमान पुनको दैनिकी घुम्ती गोठमा बित्ने गरेको छ । परम्परागत रूपमा गाईपालन गर्दै

सरकारलाई दबाब दिन विद्यालय बन्द गर्न शिक्षक महासंघको आग्रह

काठमाडौं । नेपाल शिक्षक महासंघले आन्दोलनलाई अन्तिम र निर्णायक बनाउन सबै शिक्षक तथा विद्यालय कर्मचारीलाई आन्दोलनमा जुट्न आग्रह गरेको छ

चैत्र महिनामा ११ सङ्घीय अस्पतालमा सेवा थप तथा विस्तार

काठमाडाैँ । देशका ११ सङ्घीय अस्पतालले चैत्र महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको

सर्वोच्चद्वारा पाँचखालका इँटा उद्योग बन्द गर्न आदेश

काभ्रे । सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर

Techie IT