Techie IT
२०८१ चैत्र ४, सोमबार
NepaliPatra logo
गृहपृष्ठनेपालनेपालमा मोनोरेल सञ्चालनका लागि दक्षिण कोरियासँग सम्झौता

नेपालमा मोनोरेल सञ्चालनका लागि दक्षिण कोरियासँग सम्झौता


काठमाडौँ । नेपालमा मोनोरेल सञ्चालनका लागि दक्षिण कोरियासँग सम्झौता भएको छ ।

नेपाल मोनोरेल केएमई ट्राभल प्रालिका निर्देशक सङ्गीता कुँवर र दक्षिण कोरियाको डेलिम मोनोरेलका प्रमुख कार्यकारी अधिकृत सेओङ बू–सियोपबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतामा नेपाललगायत अन्य देशमा मोनोरेल स्थापनाका लागि समानको उत्पादन, बजार व्यवस्थापन र मर्मतसम्बन्धी कामहरू गर्ने उल्लेख छ । कोरियाको राजधानी सउलमा सम्पन्न ुस्पोर्ट्स ग्लोबर टुरिजम २०२४ु गोष्ठीमा नेपाल मोनोरेलसहित सात वटा सम्झौता भएका छन् । कोरियाको नेपाली राजदूतावास, ग्लोबल एनआरएन फाउन्डेशन, हान्याङ विश्वविद्यालय र एमआईटी फाउन्डेशनले संयुक्तरूपमा गोष्ठी आयोजना गरेका थिए ।

त्यसैगरी सामाजिक कल्याण, संस्कृति आदानप्रदान र पर्यटन प्रवर्द्धन तथा विकासका लागि कोरियाको दुगेदर कोरिया लभ एन्ड होप स्वयंसेवी समूह र ग्लोबन एनआरएनए फाउन्डेशनबीच सम्झौता भएको छ ।

यस्तै अन्तर्राष्ट्रियस्तरमा नेपालका युवा खेलाडीको वृत्ति विकासका लागि आर्थिक, भौतिक र नैतिक सहयोग र सहकार्यका लागि सम्झौता भएको छ । टेबल टेनिस खेलका लागि शैक्षिक र प्रविधि विकासको अनुसन्धानका लागि पनि सम्झौता भएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

एसईईको सबै तयारी पूरा

काठमाडाैँ । यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को सबै तयारी पूरा भएको रष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ

बाँदर आतङ्कले बसाइँसराइ बढ्दा बस्ती नै खण्डहर

भोजपुर । बाँदरको समस्याका कारण भोजपुर मानेभञ्याङका स्थानीयले गाउँ छाड्दा बस्ती नै खण्डहरमा परिणत भएको छ । रामप्रसादराई गाउँपालिका–५ पर्ने

नागार्जुनमा घरमा आगलागी हुँदा १५ लाख रुपैयाँ बराबरको क्षति

काठमाडौँ । काठमाडौँको नागार्जुन नगरपालिका–७ गौतम गाउँमा एउटा घरमा आगलागी हुँदा १५ लाख रुपैयाँ बराबरको क्षति भएको छ । स्थानीय

साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

काठमाडौं । साहित्यकार लीलबहादुर क्षेत्रीको ९२ वर्षको उमेरमा निधन भएको छ । भारतको आसामका स्थायी बासिन्दा उनको बिहीबार राति गुवाहाटीमा

नमोबुद्धमा ‘श्रमको सम्मान–राष्ट्रको अभियान’ सञ्चालन

काभ्रे । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकामा ‘श्रमको सम्मान–राष्ट्रको अभियान’ सञ्चालन गरिएको छ । नगरले कार्यक्रमअन्तर्गत योजना सञ्चालनपूर्व

हत्या गरेको आरोपमा एक नाबालकसहित पाँच जना पक्राउ

काठमाडौँ । काठमाडौँको गोकर्णेश्वरस्थित एक महिलाको हत्यामा सङ्लग्न भएको आरोपमा प्रहरीले एक नाबालकसहित पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला

Techie IT