गृहपृष्ठ ∕ नेपाल ∕ धम्की दिएर ५ करोड माग्ने २ जना पक्राउधम्की दिएर ५ करोड माग्ने २ जना पक्राउ नेपालीपत्र बिहीबार, २०८० माघ २५ गते, १५:२२ मा प्रकाशित नेपाल काठमाडौँ । पोखराको दीपस्थित सच्चाइ केन्द्रका सञ्चालक प्रकाशदीप गैरेलाई धम्की दिएर ५ करोड रुपैयाँ फिरौती मागेको अभियोगमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कास्कीले बिहीबार पत्रकार सम्मेलन गरेर पर्वतको खुर्कोटका ३६ वर्षका लक्ष्मण दर्जी र आर्थरका दीपक बहादुर क्षेत्रीलाई पक्राउ गरेर सार्वजनिक गरेको हो । पक्राउ परेका ३६ वर्षीय लक्ष्मण दर्जी ४ वर्षदेखि कतारमा बस्दै आएका थिए। तर उनी एक महिनाअघि मात्रै वैदेशिक रोजगारीबाट घर फर्किएका थिए ।उनीहरूले यही माघ १८ गतेदेखि पोखरा महानगरपालिका१६ लामाचौर निवासी सच्चाइ सेवा केन्द्रका सञ्चालक तथा सच्चाइ केन्द्र नेपालका केन्द्रीय अध्यक्ष गैरेलाई फोन र म्यासेजमार्फत् हिन्दी भाषा प्रयोग गरेर ५ करोड रुपैयाँ माग गरेका थिए ।रकम नदिएमा परिवार तथा गैरेलाईसमेत उनीहरूले मार्ने धम्की दिएको कास्की प्रहरीले जनाएको छ । प्रहरीले अनुसन्धानका क्रममा पोखरा महानगरपालिका–८ सिमलचौरस्थित जाल्पा मन्दिरनजिकै डेरा गरी बस्ने दुवैजनालाई धम्की दिन प्रयोग गरेको सिमकार्डसहितको मोबाइल फोनसहितका सामानसहित बुधबार पक्राउ गरेको हो । प्रहरीले उनीहरूबाट भारतीय नम्बरको सिमकार्ड पनि बरामद गरेको छ । #प्रकाशदीप गैरेग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार विश्वविद्यालयमा तालाबन्दी र हडताल नगर्न शिक्षा मन्त्रालयको आग्रहकाठमाडाैँ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विश्वविद्यालयहरूमा तालाबन्दी, बन्द र हडताल नगर्न आग्रह गरेको छ । मन्त्रालयले विज्ञप्ति निकालेर चन्द्रागिरि नगरपालिकाद्वारा ‘बहुप्राविधिक शिक्षालय’ सञ्चालनकाठमाडौं । चन्द्रागिरि नगरपालिकाले सामुदायिक विद्यालयमा ‘बहुप्राविधिक शिक्षालय’ सञ्चालन गर्न शुरुआत गरेको छ । ‘पढ्दै कमाउँदै’ अवधारणा एवं विद्यार्थीलाई माध्यामिक काठमाडौँबाट अपहरणमा परेका एक जना चिनियाँ नागरिकको उद्धार, चार जना…काठमाडाैँ । काठमाडाैँकाे ठमेलबाट अपहरणमा परेका एक जना चिनियाँ नागरिकलाई प्रहरीले उद्धार गरेको छ । चिनियाँ नागरिकलाई अपहरण गरी लैजाँदै बिरामीको रेफरमा अस्पताललाई जिम्मेवार बनाउने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा…काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आकस्मिक तथा भर्ना भएका बिरामी रेफर गर्दा पहिलो स्वास्थ्य संस्थालाई जिम्मेवार बनाउने गरी बिरामी रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाउन आदेशकाठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा.) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई काठमाडौं जिल्ला अदालतले प्रहरीको जिम्मा लगाउन आदेश अध्यादेश मार्फत कानुन बनाउनु गलत: कांग्रेस नेता साउदरुपन्देही । नेपाली कांग्रेसका नेता एनपी साउदले दुईतिहाइ बहुमतको सरकारले अध्यादेशमार्फत कानुन बनाउनु सकारात्मक नभएको बताएका छन् । आज रुपन्देहीकोधेरै पढिएका खबर १ ऐतिहासिक घरपझोङ किल्ला भग्नावशेषमा परिणत २ कर्णालीका दुग्ध उत्पादक किसानले प्रोत्साहन ३ जनशक्ति अभावले आधुनिक अल्लो उद्योग बन्द ४ अस्ट्रेलिया जान कस्तो छ अहिलेको अवस्था ? ५ बिरामीको रेफरमा अस्पताललाई जिम्मेवार बनाउने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा बिरामी प्रेषण निर्देशिका जारी ६ पार्टी पदाधिकारीको सम्पत्ति छानबिन गर्न आयोग गठन गर्नुपर्ने शर्माको प्रस्ताव ७ माघीको चहलपहलसँगै माघीमय भए थारू बस्तीThe Film Nepal